प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
हेटौंडा, पुस १४ । भर्खरै सकिएको प्रदेश नं. ३ मन्त्रीपरिषद् बैठकले आउँदो पुस २१ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुखलाई सभाको बैठक बोलाउन सिफारिस गरेपछि प्रदेश प्रमुखले सभा आह्वान गर्ने व्यवस्था छ ।
नेकपाको केन्द्रीय सचिवालय बैठकले ३ नं. प्रदेशको राजधानी हेटौंडा राख्ने र नाम बाग्मती राख्ने निर्णय गरेपछि ३ नं. प्रदेश सो निर्णयलाई प्रदेशसभाबाट अनुमोदन गराउन तातेको छ ।
आजै साँझ काठमाडौंबाट फर्किएका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद् बैठक बोलाएका थिए ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने