राप्रपा के.स. मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी

तु खबर संवाददाता
२०७६ पुष १५,मंगलवार १५:५७
file-photo

३ नम्वर प्रदेशको स्थायी राजधानी हेटौँडा र नामाकरण बागमती राख्ने नेकपा केन्द्रीय सचिवालय निर्णयले अहिले तरंग पैदा गरेको छ । लामो समयदेखि राजधानी र नामाकरणको विषय प्रदेशसभामा अन्यौलता र अनिर्णयको बन्दी बन्दै आएको थियो । स्थायी राजधानी हेटौँडालाई बनाउनुपर्छ भन्ने जोड जति थियो, काभ्रेलाई स्थायी राजधानी बनाउनुपर्छ भन्ने केही सांसदको दह्रो मत थियो । यही छलफल र विवादबीच स्थायी राजधानी र नाम तोक्न प्रदेशसभाको दुई तिहाई सदस्यले निर्णय गर्न सक्ने संवैधानिक व्यवस्था भएपनि नेकपाले नै निर्णय गरी प्रदेश कमिटी प्रदेश संसदीय दललाई निर्देशन जारी गरेको छ । यो निर्णयले प्रदेशसभाका सदस्यहरु बिच हलचल ल्याएको छ । माननीय राजेन्द्र पाण्डेले त यो निर्णयको बिरोध जनाइसकेका छन् । केही अन्य सांसदहरुको पनि झिनो स्वरमा भएपनि असहमति प्रकट भइराखेको छ । कम्युनिष्टहरु अलिबढी अनुशासित हुन्छन् पार्टी निर्णय सर्वोपरी हुन्छ स्वभाविक रुपमा यो निर्णयले मूर्तिकरण पाउने निर्णयमा विश्वस्त हुन सकिन्छ ।

 

सिंगो प्रदेशको हितभन्दा काठमाडौं नजिक राजधानी तोक्न पाए आफु अनुकुल हुने कोणबाट दृष्टिकोणहरु आए । नितान्त आफ्नो सुविधा हेरे केन्द्रीय राजधानी काठमाडौं रहेको अवस्था त्यही पेरीफेरीमा अर्को स्थायी राजधनी राख्ने विषय किमार्थ स्वीकार्य हुन सक्दैन थियो ।

संघीय कार्यान्वयन भएर प्रदेशसभा गठन भएको दुई वर्ष पुग्न लाग्दा यस बिच ३ नं. प्रदेशले पनि राजधानी र नामको गहन छलफल, संसदीय समिति निर्माण, थुप्रै बहस प्रारम्भ गर्यो । काभ्रे, नुवाकोट, चितवनलाई स्थायी राजधानी बनाउनुपर्छ भन्ने आवाज पनि मुखरित भए । काभ्रेको पक्ष सशक्त आवाज नआएको होइन तर, काभ्रेलाई स्थायी राजधानी बनाउनु पर्छ भन्नेहरुको बलियो तर्क देखिदैन थियो । हेटौँडा अपायक भयाे, याे बीच सेन्टरमा छैन, हेटौँडा पुग्ने सडक जोखिमपूर्ण छन् भने जस्ता  फितलो र कुर्तक बाहेक अन्य ठोस आधार कतै प्रस्तुत हुन सकेनन् । सिंगो प्रदेशको हितभन्दा काठमाडौं नजिक राजधानी तोक्न पाए आफु अनुकुल हुने कोणबाट दृष्टिकोणहरु आए । नितान्त आफ्नो सुविधा हेरे केन्द्रीय राजधानी काठमाडौं रहेको अवस्था त्यही पेरीफेरीमा अर्को स्थायी राजधनी राख्ने विषय किमार्थ स्वीकार्य हुन सक्दैन थियो । काठमाडौंको बढ्दो नजघनत्व तिब्र शहरीकरण, प्रदुषित पानी, स्वच्छ वातावरणको अभाव, धुवाधुलो र खाल्टाखुल्टीले केन्द्रीय राजधानी दिन प्रतिदिन कुरुप र संकटग्रस्त हुँदैछ । त्यसमाथि पेरिफेरीमा अर्को राजधानी थप्दा के दूर्दशा होला सहज अनुमान गर्न सकिन्छ । त्यसैले संघीयताको मर्म बमोजिम पनि राजधानी काठमाडौं बाहिर हुनुपर्दथ्यो ।
भयो । त्यसैलाई सबैले सकारात्मक रुपमा ग्रहण गरौं ।

मध्यमाञ्चल क्षेत्रीय सदरमुकाम भइसकेको, व्यापारिक केन्द्र सडक संजाल जोडिएको, सुरुङ मार्ग फास्टट्रयाक तिब्र ढंगले निर्माण भइरखेको हुँदा अस्थायी राजधानी हेटौँडा हुनुपर्दछ भन्ने निर्णयले मूर्त रुप पायो । त्यतिमात्र हाेइन तत्कालिन राप्रपा सरकारमा थियो । उसले एउटा प्रदेश प्रमुख पाएको थियो तर, तीन नम्वर प्रदेशको अस्थायी राजधानी हेटौँडा राख्ने शर्तमा राप्रपाले प्रदेश प्रमुख त्याग गर्यो । यसरी बढो कठिन र धेरै प्रयासपछि हेटौँडा अस्थायी राजधानी भएको तथ्यलाई यतिबेला बिर्सनु हुँदैन।

 

तत्कालिन शेरबहादुर देउवाको सरकारले अस्थायी राजधानी निर्णय गर्न खोज्दा त्यतिबेला पनि सहज रुपमा निर्णय भएको थिएन । तीन नम्वर प्रदेशको राजधानी (अस्थायी) काठमाडौं नै तोकेपछि प्रदेशसभा गठन भएपछि संवैधानिक व्यवस्था अनुरुप प्रदेशसभाले निर्णय गरिहाल्छ भन्ने मनस्थितिमा तत्कालिन प्रधानमन्त्री थिए । तर, त्यसको कडा प्रतिवाद गर्दै तत्कालिन उपप्रधानमन्त्री कमल थापाले हेटौँडालाई अस्थायी राजधानी बनाउनुर्छ भन्ने अडान लिए । मध्यमाञ्चल क्षेत्रीय सदरमुकाम भइसकेको, व्यापारिक केन्द्र सडक संजाल जोडिएको, सुरुङ मार्ग फास्टट्रयाक तिब्र ढंगले निर्माण भइरखेको हुँदा अस्थायी राजधानी हेटौँडा हुनुपर्दछ भन्ने निर्णयले मूर्त रुप पायो । त्यतिमात्र हाेइन तत्कालिन राप्रपा सरकारमा थियो । उसले एउटा प्रदेश प्रमुख पाएको थियो तर, तीन नम्वर प्रदेशको अस्थायी राजधानी हेटौँडा राख्ने शर्तमा राप्रपाले प्रदेश प्रमुख त्याग गर्यो । यसरी बढो कठिन धेरै प्रयासपछि हेटौँडा अस्थायी राजधानी भएको तथ्यलाई यतिबेला बिर्सनु हुँदैन् । कतै चर्चा नभएको हेटौँडा अस्थायी राजधानी भएबाट एकाएक चर्चाको शिखरमा पुग्यो ।

प्रदेशसभा गठन भएदेखि यस प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्थायी राजधानी हेटौँडा बनाउन प्रत्यक्ष /परोक्ष सक्रिय रुपमा लागे । यिनको पहल र योगदानका कारण पार्टी फोरमबाट उहाँले यसलाई टुंग्याउन सफल हुनुभयो । अब यसलाई संबैधानिक रुपमा औपचारिकता दिन बाँकी नै छ ।

हेटौँडा वास्तविक रुपमै अन्य जिल्ला भन्दा सबै दृष्टिकोणले स्थायी राजधानी हुन योग्य देखिन्छ । यहाँको पूर्वाधार/संरचना, सडक संजाल, सुरक्षा/सामरिक दृष्टिकोण, देशकै सबैभन्दा ठूलो औद्योगिक शहर, एक घण्टामा निर्माणाधीन अन्तराष्ट्रिय एयरपोर्ट निजगढ पुग्न सकिने, फास्टट्रयाक लगायत सम्पुर्ण सुविधाजनक अवस्थाले पनि उपयुक्त त छदैछ, संघीयताको मर्म अनुरुप पनि हेटौँडा सबैभन्दा उपयुक्त देखियो ।

प्रदेशसभा गठन भएदेखि यस प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्थायी राजधानी हेटौँडा बनाउन प्रत्यक्ष/परोक्ष सक्रिय रुपमा लागे । यिनको पहल र योगदानका कारण पार्टी फोरमबाट उहाँले यसलाई टुंग्याउन सफल हुनुभयो । अब यसलाई संबैधानिक रुपमा औपचारिकता दिन बाँकी नै छ ।

मकवानपुरका सांसद, समन्वय समितिका सभापति, जिल्लास्थित राजनीतिक दल, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको पनि निर्णयमा ठूलो योगदान र दबाब रहदै आएको थियो । ढिलै भएपनि सकारात्मक निर्णय भएको छ । प्रशव वेदनापछि बच्चा जन्मिदा आमालाई पुन सुखानुभूति हुन्छ अहिले त्यतिनै मकवानपुर जिल्लावासीलाई सुखद् अनुभूति भएको छ । राजनीतिसँगै यो प्रदेशको समृद्धि र विकासमा सबै प्रतिबद्ध हुनु जरुरी छ । शिक्षा, स्वास्थ्य, कृषिको विकास, फराकिलो सडक विकासको अनिर्वाय सर्त हुन्, सबै मिलेर अघि बढौं ।

नेकपा केन्द्रीय निर्णयको स्वागत गर्दछु । तपाईहरु सबैलाई आभार..

(अधिकारी राप्रपाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष हुन्, उनी समसामयिक विषयमा लेख्न रुचाउँछन् । सम्पादक )

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*