माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
हेटौंडा, १५ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले यो बागमती प्रदेशमा भनेपछि कार्यक्रम स्थलमा खैलाबैला मच्चिएको छ ।
मंगलबार नेकपाको हेटौंडास्थित १९ वटै वडा कमिटीहरुको सपथ ग्रहण कार्यक्रमलाई संबोधन गर्दै बाग्मती प्रदेशमा पार्टीको सांगठनिक संरचना यस्तो बनाउनु पर्छ भन्दै बोलेका थिए ।
जब की प्रदेश ३ को नाम बागमती औपचारिक रुपमा टुंगो लागिसकेको छैन् । प्रदेशको नाम के राख्ने ? प्रदेशसभाको अधिकार भएपनि उनले कार्यक्रममै बागमती प्रदेश भनेर सम्बोधन गरे ।
प्रदेश ३ को नाम बागमती राख्ने निर्णय आइतबारमात्रै नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो । उनले बागमती प्रदेश भनेर संबोधन गरेपछि पत्रकारहरुलाई संकेत गर्दै आफूले बोलेको कुरा नलेख्न भने ।
उनले प्रदेश ३ सहित अन्य नाम नटुंगिएका प्रदेशको पनि नाम लिएर बोलेका थिए । ‘पार्टीको सांगठनिक संरचना बाग्मती प्रदेशमा बलियो बनाउनु पर्छ ।–’ नेपालले भने ।
उनले यति भन्ना साथ कार्यक्रमस्थलमा खैलाबैला मच्चिएको थियो । सभाहलमा रहेका पार्टीका केन्द्रीय सदस्यदेखि जिल्ला तहका नेता, कार्यकर्ताहरु खित्का छोडेर हाँसेका थिए ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी