बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्

तु खबर संवाददाता
२०७६ पुष १७,बिहीबार १५:३४
file photo

हेटौंडा, १७ पुस । नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी मकवानपुरको हेटौडा राख्न दिएको निर्देशन मानेर अघि बढ्न नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पुनः निर्देशन दिएका छन् ।

सत्तारुढ दल नेकपाकै प्रदेशसभा सदस्यहरुले यसको चर्को विरोध गर्दै कुनै हालतमा हेटौडा राजधानी हुन नसक्ने दम्भ देखाइरहेका बेला पुनः ओली र प्रचण्डले निर्देशन भन्दा दायाँबायाँ नगर्न निर्देशन दिएका हुन् ।

गत आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौडा र नाम वागमती राख्न निर्देशन दिएको थियो ।

सचिवालयको यो निर्णयलगत्तै नेकपाका प्रदेश सांसदहरुले निर्णयको विरोध गर्न थालेपछि त्यसको तेस्रो दिन नेकपाका नेताहरुले प्रदेश तीनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षलगायतका नेताहरुलाई बालुवाटार बोलाएर ‘प्रदेश तीनको राजधानी हेटौडाबाट दायाँबायाँ नगर्न’ कडा निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

‘राष्ट्रिय राजनीतिको समेत विश्लेषण गरेर हेटौडा राजधानी राख्ने निर्णय गरेको हो । तपाइँहरुले पनि त्यसै अनुसार भूमिका निर्वाह गर्नु ।

त्यसबाट दायाँबायाँ नहोस्’, बालुवाटारमा अध्यक्षद्धयको निर्देशन उद्धृत गर्दै प्रदेश तीनका एक नेताले भने, ‘हेटौंडामा संरचना बनिसकेका छन् अन्य ठाउँमा फेरि संरचनाहरु बनाउनुपर्ने हुन्छ । त्यो झन्झट किन व्यहोर्नु ? त्यसैले यो निर्णय परिवर्तन हुँदैन ।’

रातोपाटीको सहयोगमा

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*