प्रदेश ३ बाट वेदुराम भुसाल राष्ट्रियसभा उम्मेदवार (सूचिसहित)
हेटौंडा, १८ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले राष्ट्रियसभा निर्वाचनको उमेदवार टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले माघ ९ गते हुने निर्वाचनका लागि उमेदवारको नामावली टुङ्गो लगाएको हो ।
प्रदेश ३ बाट नेकपा स्थायी समिति सदस्य वेदुराम भुसाललाई राष्ट्रियसभा उमेदवार बनाउने निर्णय गरेको हो । बैठकले गंगा वेल्वासेलाई पनि प्रदेश ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशवाट उम्मेदवार बनाउने निर्णय सचिवालयले गरेको छ ।
नेकपा सचिवालयका निर्णयअनुसार माघ ९ गते हुने निर्वाचनका लागि निम्न नेताहरु उम्मेदवार हुनेछन् । नेकपाले राष्ट्रियसभाका लागि १६ जनाको उम्मेदवार चयन गरेको हो ।
हेर्नुहोस् सूचिः
प्रदेश १ः इन्दु गौतम (महिला) गोपी अछाम (दलित) देवेन्द्र दाहाल (अन्य), प्रदेश २ः तुलसा दाहाल (महिला) राधेश्याम पासवान (दलित), प्रदेश ३ः गंगा वेल्वासे (महिला) वेदुराम भुषाल (अन्य), गण्डकीः नारायणकाजी श्रेष्ठ (अन्य) भगवती न्यौपाने (महिला), प्रदेश ५ः विमला घिमिरे (महिला) जगप्रसाद शर्मा अपाङ्गता (अल्पसङ्ख्यक) गोपाल भट्टराई (अन्य), कर्णालीः मायाप्रसाद शर्मा (अन्य) सुमित्रा बिसी (महिला), सुदूरपश्चिमः तारामान स्वार (अन्य) शारदा भट्ट (महिला)