राजधानीको विषयमा संसदीय दलको निर्णय आज

तु खबर संवाददाता
२०७६ पुष २०,आईतवार ०८:३१

हेटौंडा, २० पुस । प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलको बैठक ३ दिनसम्म लम्बिएको छ । शुक्रबार दिउँसो २ बजेदेखि सुरु बैठक शनिवार पुनः बसेको थियो । शनिवार बसेको बैठकले आइतबार बिहान १० बजेसम्मको लागि बैठक स्थगित गरेको छ ।

मुख्यमन्त्री निवासमा भएको बैठकमा शुक्रबार १७ जना र शनिवार २३ जनाले आफ्नो धारणा राखेका थिए । बैठकमा प्रदेशसभा सदस्यहरुले प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका छन् ।

बैठक आज प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा ठोस निर्णय गर्दै सकिने मुख्य सचेतक रामेश्वर फुँयालले जानकारी दिए ।

प्रदेश ३ को राजधानी र नामको विषयमा संसदीय दल एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा प्रदेशसभा सदस्यहरुले राखेका थिए । उनीहरुले जनभावना बुझेर पायक पर्ने स्थानमा राजधानी राख्नु पर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले गत आइतबार प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यसविषयमा समर्थन र विरोध हुँदै आइरहेको छ ।

नेकपा सचिवालयको निर्णयलाई प्रदेशसभाबाट पारित गर्न प्रदेशसभा बैठक २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*