हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
हेटौंडा, २० पुस । राजधानी र नामाकरणको विषयमा पार्टीको सचिवालयले गरेको निर्णयअनुसार नेकपाका प्रदेश ३ का सांसदहरु अगाडि बढ्ने भएका छन् ।
शुक्रबारबाट सुरु भएको प्रदेश ३ को नेकपा संसदीय दलको बैठकको पहिलो दिनमा काभ्रेको पक्षमा सांसदहरु उभिएका थिए भने शनिवार अधिकांश सांसदहरुले पार्टीको निर्णय अनुसार हेटौंडालाई नै राजधानी मानेर अगाडि बढ्नु पर्ने औंल्याएका थिए ।
कतिपय सांसदहरुले बैठकमा हेटौंडा राजधानी मानेर अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको खण्डमा मन्त्रीपरिषद नै हेरफेर गर्नुपर्ने समेत आवाज बैठकमा उठाएका छन् ।
बैठकमा नुवाकोटका सांसद बद्री मैनालीले मन्त्रीपरिषद्को विस्तारको विषयलाई बैठकमा प्रवेश गराएका थिए ।
भौगोलिकरुपमा पायक पर्ने स्थानमा संविधान अनुसार विधि र प्रक्रिया पूरा गरेर राजधानी तोकौ भन्ने विषयमा धेरै मत रहेको देखियो ।
बैठकमा सहभागी एक सांसदका अनुसार सचिवालयको निर्णयलाई मान्नुको विकल्प नभएको बताउँदै कतिपय सांसदहरुले अब मन्त्रीपरिषद् समेत विस्तार गर्न जरुरी रहेको बताएका थिए ।
‘अब मन्त्रीपरिषद् विस्तार गर्नुपर्छ । स्थायी राजनधानी हुने हो भने मुख्यमन्त्रीले सम्हालिरहेको मन्त्रालय अरुलाई जिम्मेवारी दिनुपर्छ । राज्यमन्त्री समेत बनाउनु पर्छ भन्ने केही सांसदहरुको भनाई रहेको छ ।–’ उनले भने । यो समाचार साझाकुरा दैनिकमा छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालय आफौं सम्हाल्दै आएका छन् । भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि उक्त मन्त्रालय आफैं सम्हाल्दै आएका हुन् ।
‘यसअघि औपचारिकरुपमा हेटौंडाको विषक्षमा लबिङ गरिरहेका मन्त्रीहरु समेत बैठकमा पार्टीको निर्णय अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिइरहेका छन् ।–’ एक सांसदले भने ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन