हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत

तु खबर संवाददाता
२०७६ पुष २०,आईतवार १९:३१

मकवानपुर, २० पुस । प्रदेश ३ सभामा प्रतिनिधित्व गर्ने विवेकशील पार्टीले प्रदेश राजधानीको विपक्षमा मतदान गर्ने भएको छ ।

हेटौंडा राजधानी प्रस्ताव गरेमा प्रदेशसभामा हुने मतदानमा विवेकशीलले विपक्षमा मतदान गर्ने दाबी गरेको छ । प्रदेश ३ सभामा विवेकशीलबाट रमेश पौड्याल र विराजभक्त श्रेष्ठले प्रतिनिधित्व गरेका छन् ।

सांसद रमेश पौड्यालले हेटौंडा स्थायी राजधानी बनाउने विषयमा आफुहरुले पटकपटक फरक मत राख्दै आएको बताए ।

‘हाम्रो मत फरक छ, राजधानी हेटौंडाको पक्षमा हामी मतदान गर्दैनौं । नाम बाग्मती हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।–’ उनले भने ।

उनले राजधानी हेटौंडा अपायक पर्ने कारणले आफुहरुले मतदान नगर्ने बताए । ‘यो पहिलेकै निर्णय हो र त्यसमा हामी अडिग छौँ ।’ उनले भने ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*