व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ
हेटौंडा तीन नम्बर प्रदेश राजधानी बन्न सक्छ भन्ने विषयलाई मकवानपुरका नागरिक समाजका अगुवाहरु मिलेर एउटा महत्वपुर्ण बिषय बनाउन सफल भयौ ।
हेटौंडा पनि प्रदेश राजधानी वन्न सक्छ । यो पनी सम्भव छ भन्ने सबैलाई लाग्न थाल्यो । हामीहरुले शुरु गरेको हेटौडा प्रदेश राजधानी वन्न सक्छ भन्ने विषयमा जती बुझदै गयो उती हेटौंडा प्रदेश राजधानीका लागि उपयुक्त हुने तथ्य, कारण र आधारहरु पनि संकलन हुदै गए । पछी हामीले हामीले यो विषयलाई जनसरोकार केन्द्रका नाममा संगठित रुपमा अगाडि बढायौं ।
हामीहरुले हेटौंडा पनी प्रदेश राजधानी हुन सक्छ भन्ने विषयलाई एउटा यस्तो विषय वनाउन सफल भयौ की जुन विषय सबैको साझा विषय पनि वन्नपुग्यो । क्रमशः सबैले सम्बोधन गर्नै पर्ने विषय वन्यो । राजनैतिक पार्टीहरुले यो विषयलाई चुनावी घोषणपत्रको एजेण्डा वनाए ।
तत्कालिन अवस्थामा नेपाली कांग्रेसको सरकारमा रहेका कमल थापालाई हेटौडा पनि प्रदेश राजधानी वन्न सक्छ भन्ने विषयले चुनाव जित्न सहयोग पुग्छ भन्ने लाग्यो र हेटौंडा अस्थायी राजधानी वनाउन पहल गर्नुभयो । उहाको अडानका कारणले नेपाली कांग्रेस समेतको सरकारले हेटौंंडालाई प्रदेशको मुकाम तोक्यो ।
अहिले स्थायी राजधानी वनाउने सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले हेटौंडालाई प्रदेश राजधानी वनाउने निर्णय गरेको छ यसबाट मकवानपुरमा खुशी छाएको छ र उक्त निर्णय अत्यन्तै दुरदर्शी, महत्वपुर्ण र सह्रानीय छ भनि बिश्लेषण गरिएको छ ।
प्रदेश नम्बर तीनको राजधानी हेटौंडा नै ठिक छ भन्ने कुराका तथ्यहरू
१) खाने पानी, ढल निकासको प्रयाप्तता ,
२) निर्माण हुदै गरेको र मर्मत गर्नपर्ने सडक सञ्जालहरु,
३) राष्ट्रिय र अन्तराष्ट्रिय बिमान स्थालको नजिक,
४) प्रसस्त भौतिक पुर्वाधार,
५) राजधानीको लागि चाहिने १ प्रतिशत भिरालो जग्गा,
६) अधिग्रण नै गर्नुनपर्ने हजारौ बिघा सार्वजनिक जग्गा,
७) मुख्य बजार अहिले प्रदेशसंसद भवन भएको स्थानमा नै ४ सय रोपनी भन्दा बढी खाली जग्गा जमिन एउटै कम्पाउण्डमा रहेको स्थान,
८) छिमेकी देश भारतबाट सिमा क्षेत्रहरुमा हुने गरेको गलत क्रियाकलापका बिरुद्धमा निगरानी गर्न सक्ने उपयुक्त स्थान,
९) केन्द्रको राजधानीलाई सुरक्षीत बनाउन पहिलो घेराको रुपमा रहने उपयुक्त स्थान,
१०) केन्द्रिय राजधानिमा सबै कुराहरु पुर्याउने लाईफलाईन रहेको बिरगंजलाई सहज बनाउन सक्ने स्थान हेटौडा नै भएकोले हेटौडा प्रदेश राजधानिका लागि ९० प्रतिशत ठिक रहेको भन्ने यथार्तलाई सबैले मनन गर्नु आवश्यक छ ।
११) जलवायु स्वच्छ र राम्रो वातावरण भएको स्थान,
१२) सबै प्रदेशहरुलाई समन्वय गर्न र चाँडो भन्दा चाँडो सबैखाले पहुचहरु पुयाउन सकिने स्थान,
१३) बदलिदो राजनैतिक व्यवस्था र परिवेशसंगै अधिकार केन्द्रिकृत भयो भनि बर्षौ देखि गरिएको आन्दोलनको भावनाको प्रतिनिधित्व हुने
१४) सवारी जाममा परेर एम्बुलेन्समा बिरामीको मृत्यु भईरहेको देशको राजधानी काठमाडौलाई थोरै भए पनि राहात दिन,
१५) उपत्यकाको धुलो धुवा र प्रदुशन नियन्त्रण गर्न थोरै भए पनि सहयोग गर्न,
१६) हेटौंडालाई काठमाडौको बैकल्पीक शहरको रुपमा विकाश गर्न,
१७) केन्द्रिकृत अधिकार विकेन्द्रित भयो भनेर प्रमाणीत गर्न,
१८) अरबौ लगानी गरेर तयार भएका हेटौंडाका भौतिक पुर्वाधारलाई उपयोगहिन वन्ननदिन,
१९) काठमाडौ उपत्यकाको सबैखाले चापहरुको न्युनीकरण गरी उपत्यकामा स्वास फेर्न सजिलो वनाउन सहयोग गर्न,
२०) तीन नम्बर प्रदेशको राजधानी हेटौडा हुदा नै कम विवादित भई सहजै प्रदेश राजधानीको अन्यौलता समाप्त हुने हुदा देश र जनताको हितमा हेटौंडानै उपयुक्त रहेको क’रा यी तथ्यहरु ऋाफै बोल्छ ।
२१) बर्तमान अवस्थामा हेटौडा प्रदेश राधानी तोकिदा मात्रै शान्ति स्थारितालाई बल पुग्ने पक्का नै छ ।
तर पनि हेटौंडाको विरुद्धमा किन प्रदेशसंसदहरु हुनुहुन्छ त ?
१) तीन नम्बर प्रदेश प्रदेशका ११० सभासदमा काठमाडौबाट ३१ जना, ललितपुरबाट ११ जना, भक्तपुरबाट ८ जना गरि ५० जना उपत्यकाका ३ जिल्लाबाट प्रदेशसंसद ज्युहरु हुनुहुन्छ ।
त्यसै गरी काभ्रेबाट ५ जना, नुवाकोटबाट ६ र धादिङ्गबाट ५ जना प्रदेशसांसद ज्युहरु समेत काठमाडौमा भए सरह नजिक हुनुहुन्छ । अन्य जिल्लाका प्रायजसो प्रदेशसंसद ज्युहरुको घर वा कोठा पनि काठमाडौमा रहेको पाईन्छ । प्राय सबैको परिवार काठमाडौमा नै छ ।
बाल बच्चाको पढाई काठमाडौमा नै छ । प्रदेशसांसद हुनुभन्दा पहिले देखिको बन्द व्यापार काठमाडौमा छ । चाडपर्ब उठ बस बिहानको चिया गफ देखी राती सुत्नेबेला सम्मका सबै गतिबिधिहरु काठमाडौमा नै बर्षौ देखि भईरहेको छ ।
सबै पार्टीका केन्द्रिय कार्यालयहरु काठमाडौमा नै छन । केन्द्रिय नेताहरु काठमाडौमा नै बस्नु हुन्छ, पहिल्यै देखि सबै कुरा काठमाडौमा रहेकोले हेटौंडा अलि टाढा लाग्नु स्वभाविक पनि हो ।
२) वर्तमानमा हेटौंडा आउने सहज वाटो सबै भिर पहरावाट आउनु पर्ने र वाटो सांगुरो, घुमाउरो,कच्चि हुनु जस्ता कुराले नव्वे किमी वाटो पनि टाढा लागेको कारणले हो ।
३)अर्को तर्फ हामी सबैमा रहेको केन्द्रिकृत मानसिकताले गर्दा हामीलाई संघियता कार्यान्वयनको तहमा पुग्दा सबै कुरा ठिक भए पनि हेटौंडा आधा एक घण्टा टाढा पो हुन्छ कि भन्ने आभाष हुनु स्वभाविक नै मान्नु पर्दछ ।
४)हामी हेटौंडा वसेकाहरुलाई चितवन टाढ हुन्छ तर काठमाडौ नजिक लाग्छ । यो सबै सेवा सुविधा काठमाडौ केन्द्रित भएर पनि हो ।
विरोध किन भईरहेछ त ?
दुई तिहाई प्रदेशसंसद भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिले हेटौंडालाई राजधानी वनाउने र नाम वागमती वनाउने निर्णय गरिसके पश्चात नामका सम्वन्धमा संगठित विरोध भएको देखियो तर हेटौंडा प्रदेशको राजधानी हुने सम्वन्धमा केही प्रदेश संसदहरुले विरोध गरेको सुनियो ।
वास्तबमा व्यक्तीगत रुपमा कसैलाई चित्त नबझेको कुरा भन्न पाईन्छ प्रजातन्त्रको सुन्दर पक्ष यो पनि हो तर पार्टीको निर्णयका बिरुद्धमा को हुन्छ भन्ने कुरा भोलि नै प्रष्ट हुनेहुदा यस्को कुनै महत्व पक्कै रहने छैन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय नेतृत्वले सोच विचार गरी निर्णय गरिएको प्रदेश राजधानी तोक्ने निर्णय आफैमा राम्रो छ ।
जस्ले समग्र देशको हितको साथै काठमाडौ उपत्यकाको सबैकुराको चापलाई न्युनिकरण गर्न सहयोग गर्दछ यो सवालमा प्रदेश सभाका ११० जना प्रदेशसंसदहरु एकमत हुनुहुने कुरामा हामीले शंकागर्ने ठाँउ पक्कै रहनेछैन ।
सबै प्रदेश संसदहरुले हेटौंडामा नै सपथग्रहण गर्नु भएको हो । अब वाँहाहरुको ईतिहास हेटौडासंगै जोडिएको छ । हेटौडा नेपालको पहिलो प्रदेश संसदहरुले सपथ खाएको स्थान पनि हो यो अविस्मरणीय पनि छ ।
त्यसैले हामी एकसयदश जना प्रदेश संसदज्युहरुलाई आफ्नो व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर काठमाडौ उपत्यकालाई सबैखाले चापबाट न्युनिकरण गर्न, उपात्यकामा एम्बुलेन्स जाममा परेर मानिस मर्ने अवस्थाबाट मुक्ती दिलाउन पनि हेटौडालाई राजधानी वनाउन सर्वसम्मत रुपमा सहयोग गर्नुहुन अनुरोध गर्दछु ।
- लेखक अधिवक्ता तथा जनसरोकार केन्द्र मकवानपुरका अध्यक्ष हुन्
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला
- नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल
- राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो
- हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत
- नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !
- राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !
- राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै