हेटौंडालाई राजधानी बनाउन सडकमा उत्रियो दबाब र्याली

तु खबर संवाददाता
२०७६ पुष २१,सोमबार १३:५९

हेटौंडा, २१ पुस । हेटौंडालाई प्रदेश ३ को राजधानी बनाउन दबाब र्याली सडकमा उत्रिएको छ । ‘जनताको मतको सम्मान, राजधानीमा हेटौंडालाई मतदान’ भन्ने नाराका साथ दबाब र्याली निक्लिएको हो ।

हेटौंडाको बुद्धचोकमा जम्मा भएर र्याली प्रदेशसभा भवनमा पुग्नेछ । जिल्लाका स्थित सबै राजनीतिक दलका युवा तथा विद्यार्थी संगठन, सामाजिक संघसंस्था, पेशागत संघसंसस्थालगायतकाको सहभागितामा र्याली निकालिएको हो ।

आज प्रदेशसभा सांसदहरुलाई फूलमाला लगाइने छ । सांसदहरुलाई हेटौंडा राजधानी बनाउन रचनात्मक दबाब स्वरुप फूलमाला लगाउने छन् ।

प्रदेशसभा भवन अगाडि बसेर उपस्थित सबै सांसदहरुलाई फूलमाला लगाउँदै प्रदेश ३ को राजधानी हेटौंडा बनाउन अनुरोध गर्ने कार्यक्रम रहेको युवा संघका अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।

आज सोमबार २१ गते दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्दैछ । उक्त बैठकमा प्रदेश ३ को राजधानी र नाम टुंगो लगाउन प्रक्रिया अगाडि बढाइने भएको छ ।

बैठकमा सहभागी हुन आउने प्रदेशसभा सदस्यहरुलाई राजधानीमा हेटौंडालाई मत हाल्न फूलमालाले अभिनन्दन गर्दै अनुरोध गरिने अध्यक्ष चौलागाईंले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*