हेटौंडा राजधानी जनतालाई मात्रै होइन, देशकै लागिः बानियाँ

तु खबर संवाददाता
२०७६ पुष २१,सोमबार १५:४०
आज सोमबार प्रदेश ३ को प्रदेशसभामा धारणा राख्दै प्रदेशसभा सदस्य तथा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ ।

हेटौंडा, २१ पुस । हेटौंडामा जारी प्रदेश ३ को प्रदेशसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश ३ को राजधानी हेटौंडाको विकल्प नभएको बताएका छन् ।

उनले जनताको लागिमात्रै नभई देशकै लागि प्रदेशको राजधानी हेटौंडा आवश्यक रहेको बताएका छन् । संसदमा बोल्दै बानियाँले सामरिक दृष्टिकोणले पनि हेटौंडा राजधानी उपयुक्त रहेको बताए ।

उनले १९ वटा जिल्लाको सदरमुकाम भइसकेको हेटौंडा प्रदेशको राजधानीको लागि उपयुक्त भएको बताएका छन् ।

मध्यमाञ्चल क्षेत्रको सदरमुकाम हेटौंडामा भौतिक संरचनादेखि हरेक दृष्टिकोणले राजधानीको लागि उपयुक्त भएको धारणा उनले राखे ।

२ वर्षसम्म बहुमतको सरकारले राजधानी टुंग्याउन नसकेको भन्दै तत्कालिन शेरबहादुर सरकारले हेटौंडा अस्थायी राजधानी नबनाएको भए काठमाडौं वा आसपासका कोठामा बैठक बस्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*