जब बानियाँले वैद्यलाई संसदबाहिर ‘हप्काए’ !
हेटौंडा, २१ पुस । आज सोमबार भएको प्रदेश ३ को प्रदेशसभा बैठकमा बोल्ने पालो आयो उपत्यकाबाट निर्वाचित कांग्रेस सांसद नरोत्तम बैद्यको । रोस्टममा आएपछि वैद्यले प्रदेश राजधानीको विषयलाई चर्कोरुपले उठाए ।
तर, उनलाई प्रदेश राजधानीको विषयमा अनुमति थिएन । प्रदेश नामाकरण सम्बन्धी कार्यविधि बारे बोल्न रोस्टममा आएका वैद्यले आफ्नै दलका नेता इन्द्रबहादुर बानियाँले राखेको धारणा विपरित राखे । जसका कारणले संसद भवन बाहिर आइसकेपछि बानियाँको हप्काइ सहनु पर्यो ।
वैद्यले प्रदेश ३ को राजधानी हेटौंडामा नमान्ने धारणा राखे । उनले स्वतन्त्र रुपले मतदान गर्ने बताउँदै राजधानी हेटौंडा उपयुक्त नभएको बताएका थिए ।
उनले प्रदेशको नामाकरण सम्बन्धी कार्यविधिमाथि छलफलको क्रममा बोल्दै कार्यविधि अध्ययन गर्न नपाएको भन्दै यसविषयमा नबोल्ने बताए ।
वैद्यले प्रदेशको राजधानी कहाँ राख्ने भन्ने सम्बन्धमा कार्यदलले प्रतिवेदन बनाएपछि त्यसमाथि प्रदेशसभा सदस्यहरुले छलफल गर्दा राम्रो हुने धारणा राखे ।
उनले यही हिउँदे अधिवेशनमा राजधानी टुंग्याउने गरी जानु पर्छ जस्तो आफूलाई नलागेको बताए । उनले प्रदेश को नामाकरण र राजधानीको विषयमा कांग्रेसबाट ह्विप जारी नभएको भन्दै सबैलाई यस विषयमा मध्यनजर आग्रह गरे ।
‘कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले हेटौंडामा समर्थन गरे पनि हाम्रो समर्थन छैन ।–’ वैद्यले भनेका थिए । उनले समर्थन छैन भन्दा, तल रहेको केही कांग्रेस सांसहरुले वैद्यको भनाईमा समर्थन जनाएका थिए ।
वैद्यलाई हप्काउँदै बानियाँले दलको नेताले बोलिसकेपछि संसदभित्र मर्यादामा रहेर बोल्नु पर्ने भन्दै सचेत गराए । उनले पार्टीको निर्णय, निर्देशन र भावना बुझेरमात्रै सदस्यहरु अगाडि बढ्नु पर्ने भन्दै वैद्यलाई सचेत गराए ।
‘तपाई व्यक्तिगतरुपमा चुनाव जितेर आएको होइन, पार्टीको चुनाव चिन्ह र मतको आधारमा जितेर आउनु भएको हो ।–’ बानियाँले वैद्यलाई भने ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला
- नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल
- राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो
- हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत
- नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !
- राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !
- राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै
- व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ
- संसदीय दलले हेटौंडा राजधानी निर्णय गरेपछि मात्रै मतदान
- राजधानी र नामको लागि हुने मतदान धकेलियो
- हेटौंडालाई राजधानी बनाउन सडकमा उत्रियो दबाब र्याली
- हेटौंडा राजधानी जनतालाई मात्रै होइन, देशकै लागिः बानियाँ
- प्रदेश सरकार भ्रष्टचारको दलदलमा फस्यो ‘प्रदेशसभा भंग गरौँ’
- प्रदेशसभा बैठक स्थगितः पुस २३ गते बस्ने
- प्रदेशको नाम बागमती राख्न किन हतार ?