प्रदेशका कानुन मन्त्री राजधानीको विषयमा ‘यूटर्न’

तु खबर संवाददाता
२०७६ पुष २१,सोमबार १९:१४
फाइल तस्बिर

हेटौंडा, २१ पुस । प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका शालिकराम जमकट्टेल धादिङबाट निर्वाचित प्रदेश सांसद हुन ।

उनी नेकपा संसदीय दलको उपनेता पनि हुन् । उनले पटक–पटक हेटौंडा अपायक हुने भन्दै प्रदेशको राजधानी राख्न नहुने अडान लिँदै आएका थिए ।

नेकपा सचिवालय बैठकले प्रदेश ३ को हेटौंडा राजधानी र नाम बाग्मती राख्ने निर्णय गरेपछि उनी हेटौंडाको पक्षमा ‘यूर्टन’ भएका छन् । मन्त्री जमकट्टेलले काभ्रेलाई राजधानी बनाउनु पर्ने धारणा राख्दै आएका थिए ।

उनले आजको प्रदेशसभा बैठकबाट बाहिर निस्किएर पत्रकारहरुसँग कुरा गर्दै हेटौंडा राजधानी र नाम बाग्मती हुनेमा दुईमत नभएको बताए । ‘हेटौंडा राजधानी र नाम बाग्मती नै हुन्छ । नेकपाको निर्णयलाई मैले पनि समर्थन गर्छु ।–’ उनले भने ।

‘राजधानी हेटौंडा नै हुन्छ ढुक्क हुनुस ।–’ पत्रकारहरुलाई मन्त्री जमकट्टेलले भने ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*