आज बस्ने संसदीय दलको बैठक स्थगित, नेताहरु काठमाडौं हानिए

तु खबर संवाददाता
२०७६ पुष २२,मंगलवार १०:१३
नेकपा प्रदेश संसदीय दलको बैठकमा सहभागी मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य तथा पार्टी प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यलगायतका नेता । फाइल तस्बिरः

हेटौंडा, २२ पुस । आज मंगलबारलाई तोकिएको प्रदेश ३ सत्तारुढ दल नेकपा संसदीय दलको बैठक स्थगित भएको छ ।

शुक्रबारदेखि आइतबारसम्म लगातार बसेको दलको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको थियो ।

मुख्यमन्मन्त्री निवासमा प्रदेश ३ को राजधानी र नामाकरणको मुख्य एजेण्डासहित संसदीय दलको बैठक ३ दिनसम्म लगातार छलफलमा जुटेको थियो ।

छलफलमा नेताहरुबीच राजधानीको विषयमा सहमती हुन नसकेपछि बैठक लम्बिएको हो । ३ दिनभित्र ६४ जना सांसदहरुले आफ्नो धारणा राखेका थिए ।

आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको एक प्रदेशसभा सदस्यले तु खबरलाई जानकारी दिए । नेकपा केन्द्रीय सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न संसदीय दललाई निर्देशन दिएको थियो ।

प्रदेशको राजधानी हेटौंडा र नाम बागमती सर्वसम्मतीले निर्णय गराउन मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडले कसरत गरिरहेका छन् । तर, दलको बैठकमा सहमती नजुटेपछि बैठक लम्बिँदै गएको हो ।

संसदीय दलको निर्णय नहुँदा प्रदेशसभामा मतदान प्रक्रिया पनि रोकिएको छ । सभामुख सानुकुमार श्रेष्ठले संसदीय दलको निर्णय नुहँदा प्रदेशसभामा हुने राजधानी र नामको विषयमा मतदान प्रक्रिया रोकिएको जानकारी दिए ।

नेकपा केन्द्रीय सदस्य, प्रदेश कमिटीका नेता तथा प्रदेशसभा सदस्यहरु सोमबार बिहान हेटौंडास्थित मुख्यमन्त्री निवासमा छलफलमा बसेका थिए ।

प्रदेशको नाम बागमती राख्ने कुरामा अधिकांश सांसद सकारात्मक देखिएपनि राजधानीको विषयमा विवाद हुँदै आएको छ । उपत्यका, कांभ्रे, धादिङ, रसुवा, सिन्धुपाल्चोकलगायतका सांसदहरु राजधानी हेटौंडा मान्ने पक्षमा छैनन् ।

नेताहरु काठमाडौं हानिए

संसदीय दलको बैठकमा राजधानी र नामको विषयमाथि सहमती हुन नसकेपछि पार्टीका केन्द्रीय सदस्य, प्रदेश नेता तथा सांसदहरु काठमाडौं हानिएका छन् ।

प्रदेश ३ को राजधानी हेटौंडाको विषयमा पार्टी नेतृत्वसँग छलफल गर्न केही नेताहरु काठमाडौं हानिएको एक सांसदलेब बताए ।

‘केही नेताहरु नेतृत्वसँग छलफल गर्न काठमाडौं जानु भएको छ । छलफलमा के विषय उठान हुन्छ मलाई थाहा छैन ।–’ तु खबरसँग कुरा गर्दै एक सांसदले भने ।

प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, पशुपति चौलागाईंलगायतका नेताहरु काठमाडौंमा छन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*