हेटौंडाको बैठक छोडेर नेताहरु किन हानिए काठमाडौं ?

तु खबर संवाददाता
२०७६ पुष २२,मंगलवार ११:१८
फाइल तस्बिर

हेटौंडा, २२ पुस । आज मंगलबारलाई तोकिएको प्रदेश ३ सत्तारुढ दल नेकपा संसदीय दलको बैठक स्थगित भएको छ । प्रदेशका शिर्ष नेताहरु एक्कासी काठमाडौं हानिएपछि बैठक स्थगित गरिएको हो ।

शुक्रबारदेखि आइतबारसम्म लगातार बसेको दलको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको थियो । हिजो सोमबार नै केही नेताहरु पार्टी नेतृत्वसँग छलफल गर्ने भन्दै काठमाडौं हानिएका छन् ।

प्रदेश राजधानी र नामाकरणको विषयमा प्रदेशसभा सदस्यहरु विभाजित भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश ३ कमिटीले शिर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ ।

प्रदेशसभा संसदीय दल र प्रदेश कमिटी पदाधिकारी तथा नेकपा केन्द्रीय सदस्यहरु सम्मिलित संयुक्त बैठकमा नाम र राजधानी बारे पार्टी केन्द्रीय सचिवालयको निर्णय नमान्ने चेतावनी सांसदहरुले दिएका थिए ।

राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, शान्ति पौडेल, लक्ष्मण लम्साल, चन्द्र लामालगायतका नेकपाका नेताहरुले पार्टी निर्णय नमान्ने र फ्लोर क्रस गर्ने चेतावनी दिएका हुन् ।

नेकपा संसदीय दलको बैठकमा पार्टीको निर्देशन मान्ने की नमान्ने भन्नेमा प्रदेशसभा सदस्यहरु विभाजित देखिएका छन् । सिन्धुली, मकवानपुर र चितवनका प्रदेशसभा सदस्यले हेटौंडा राजधानी हुनुपर्ने र पार्टी निर्णय मान्नु पर्ने धारणा राखेका छन् ।

सिन्धुली, मकवानपुर , चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, नुवाकोट, धादिङका प्रदेशसभा सदस्यले हेटौंडा राजधानी हुनुपर्ने र पार्टी निर्णय मान्नु नपर्ने धारणा राखेका छन् ।

नेतृत्वसँग अनुमति लिएर पार्टी निर्णय कार्यान्वयन गराउने प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यसहितका पदाधिकारीको तयारी छ । तर, शाक्य स्वयम्ले यसअघि पार्टीको निर्णय कार्यान्वयन गराउन असम्भव भएको प्रतिक्रिया दिँदै आएकी थिइन् ।

राजधानी सम्बन्धी पार्टी निर्णय कार्यान्वयन गराउन नसकेपछि प्रदेशसभा बैठक पुसः २३ गतेलाई सारेर प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल सोमबार काठमाडौं हानिएका छन् । नेकपाका केही नेताहरुले नाम बागमती र राजधानी हेटौंडा नै कायम हुने तर, माथिबाट निर्देशन लादिएको र आफूहरुसँग सल्लाह भएन भन्ने गुनासो गरेका छन् ।

मुख्यमन्मन्त्री निवासमा प्रदेश ३ को राजधानी र नामाकरणको मुख्य एजेण्डासहित संसदीय दलको बैठक ३ दिनसम्म लगातार छलफलमा जुटेको थियो । छलफलमा नेताहरुबीच राजधानीको विषयमा सहमती हुन नसकेपछि बैठक लम्बिएको थियो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*