हेटौंडा राजधानी बनाउन ह्वीप लगाए ‘फ्लोर क्रस’
हेटौंडा, २२ पुस । प्रदेश ३ को राजधानी विवाद चुलिएको छ । नेकपा केन्द्रीय सचिवालले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न निर्देशन दिएपछि राजधानीको विषय चुलिँदै गएको छ ।
विवादले हेटौंडामा ३ दिनसम्म चलेको संसदीय दलको बैठक बिनानिश्कर्ष स्थगित भएको थियो । आज बिहान बस्ने भनेको दलको बैठक पुनः स्थगित भएको छ । नामको विषयमा अधिकांश सांसदहरुले सहमती जनाएपनि राजधानीको विषयमा विवाद हुँदै आएको हो ।
नेकपाका सांसदहरुले पार्टी निर्णय नमान्ने चेतावनी दिएका छन् । राजधानी सम्बन्धी विवादमा सत्तारुढ नेकपाका केही प्रदेश सभा सदस्यले ‘फ्लोर क्रस’ गर्ने तयारी गरेका छन् ।
सहमति जुटाउन भएका प्रयास असफल बन्दा नेकपाले आफ्ना सांसदहरुलाई ह्वीप नै लगाएर हेटौंडा राजधानी कायम गर्ने कसरत गरेपछि असन्तुष्ट सांसदहरु ‘फ्लोर क्रस’को तयारीमा लागेका हुन् ।
पार्टीले राजधानीको विषयमा ह्वीप लगाए आफूहरुले नमान्ने दोलखाका सांसद विशाल खड्काले बताए । उनले सहमतिमै यस विषय टुङ्ग्याउनु पर्ने धारणा राख्दै सहमती हुन नसके स्वतन्त्र ढङ्गले मतदान गर्न पाउनु पर्ने बताए ।
अर्का सांसद कुसुमकुमार कार्कीले पनि हेटौंडा राजधानीको विपक्षमा मतदान गर्ने बताएका छन् । ‘हामी ३० भन्दा बढी सांसदले प्रस्तावको पक्षमा मतदान गर्दैनौँ, फ्लोरक्रस गरेर विपक्षमा मतदान गर्छौँ ।–’ कार्कीले भने । उनले संविधानतः यसरी ह्वीप लगाउन नमिल्ने दावी पनि गरे ।
सिन्धुपाल्चोकका प्रदेश सांसद तथा उद्योग मन्त्री अरुणकुमार नेपालले बीचको बाटो खोजेर समस्या समाधान गर्नुपर्ने बताए । काभ्रेका सांसद लक्ष्मण लम्सालले राजधानीको विषयमा मतदान गर्ने अवस्थामा पुग्न नहुने बताए ।
नेकपाले सकेसम्म सबै सांसदलाई सहमतिमा ल्याएर प्रदेशसभाबाट सचिवालयकै निर्णयलाई पारित गराउने प्रयास गरिरहेको छ । तर केही सांसदले पार्टीको निर्देशन नमान्ने बताएपछि ह्वीप लगाउने तयारी गरिएको छ ।
पार्टीको निर्देशन आफ्नै सांसदहरुले अवज्ञा गर्ने अवस्था आएमा ह्वीप लगाएर भएपनि सचिवालयको निर्देशन कार्यान्वयन गरिने नेकपाका सांसदले बताए । उनले पार्टीको निर्णय कार्यान्वयनका लागि ह्वीप जारी हुने भन्दै ह्वीप नमान्ने सांसदलाई पार्टीले कारबाही गर्ने चेतावनी दिए ।
ह्वीप विपरीत मत जाहेर गर्ने सांसदलाई तत्काल कारबाही गरिने एक नेताले बताए । सचिवालयले गरेको निर्णयबाट पार्टी पछि हट्ने अवस्था नरहेको भन्दै बरु केही दिन सभा स्थगित गरेर भएपनि सचिवालयकै अनुसार राजधानी र नाम पारित हुने एक सांसदले भने ।
पार्टी प्रदेश कमिटीले ह्वीप लगाउनु अगाडि नेकपाका शीर्ष नेतृत्वसँग छलफल थालेको छ । दुई अध्यक्षसँग अनुमति लिएर पार्टी निर्णय कार्यान्वयन गराउने तयारी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितका पदाधिकारीको छ ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला
- नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल
- राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो
- हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत
- नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !
- राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !
- राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै
- व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ
- संसदीय दलले हेटौंडा राजधानी निर्णय गरेपछि मात्रै मतदान
- राजधानी र नामको लागि हुने मतदान धकेलियो
- हेटौंडालाई राजधानी बनाउन सडकमा उत्रियो दबाब र्याली
- हेटौंडा राजधानी जनतालाई मात्रै होइन, देशकै लागिः बानियाँ
- प्रदेश सरकार भ्रष्टचारको दलदलमा फस्यो ‘प्रदेशसभा भंग गरौँ’
- प्रदेशसभा बैठक स्थगितः पुस २३ गते बस्ने
- प्रदेशको नाम बागमती राख्न किन हतार ?
- जब बानियाँले वैद्यलाई संसदबाहिर ‘हप्काए’ !
- प्रदेशका कानुन मन्त्री राजधानीको विषयमा ‘यूटर्न’
- हेटौंडालाई राजधानी बनाएर इतिहास रचौँ : इन्द्रबहादुर बानियाँ
- आज बस्ने संसदीय दलको बैठक स्थगित, नेताहरु काठमाडौं हानिए
- हेटौंडाको बैठक छोडेर नेताहरु किन हानिए काठमाडौं ?