राजधानी र नाम टुंग्याउन पुस २७ गते मतदान

तु खबर संवाददाता
२०७६ पुष २२,मंगलवार १५:३७

हेटौंडा, २२ पुस । प्रदेश ३ को राजधानी र नामाकरण टुंग्याउन पुस २७ गते मतदान प्रक्रिया हुने भएको छ ।

हिजो सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम सम्बन्धी कार्यविधि सदनबाट पास भएपनि मतदान प्रक्रिया अनिश्चित थियो ।

अब प्रदेशसभा सदस्यहरुले प्रदेश ३ को राजधानी र नामको पक्ष, विपक्षिमा मतदान गर्नु पर्ने व्यवस्था छ । सोही मतदान प्रक्रिया २७ गते हुने स्रोतले जानकारी दिएको छ ।

प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको मुख्य एजेण्डा लिएर प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले सत्तारुढ दल नेकपा संसदीय दलको बैठक नसकिएको कारण मतदान प्रक्रिया पछि धकेलिएको जानकारी दिए ।

केही दिनअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २१ गते छलफल प्रक्रिया र २२ गते मतदान प्रक्रियामा लैजाने एजेण्डा तय गरेको थियो ।

आज मंगलबारलाई तोकिएको प्रदेश ३ सत्तारुढ दल नेकपा संसदीय दलको बैठक स्थगित भएको छ । प्रदेशका शिर्ष नेताहरु एक्कासी काठमाडौं हानिएपछि बैठक स्थगित गरिएको हो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*