सुरक्षा रिपोर्ट र पार्टीभित्रकै छलफलले हेटौंडा राजधानीः नेकपा
हेटौंडा, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वले हेटौंडा राजधानी र नाम बाग्मती कायम गर्न पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले प्रदेश ३ को राजधानीमा हेटौंडाको विकल्प नभएको बताएका छन् ।
हेटौंडा राजधानी तोक्ने विषय थप जटिल बनेपछि नेकपाका प्रदेश सांसदहरुको तीन समूह सोमबारै पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं हानिएको थियो । आज भएको छलफलमा अध्यक्ष ओलीले ‘चुपचाप हेटौंडा’ मान्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।
सचिवालयको निर्देशनबाट असन्तुष्ट प्रदेश–३ का सांसदहरुको टोलीले काठमाडौंमा टोलीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेलसँग छलफल गरेको थियो ।
‘पार्टीले निर्णय गरेर राजधानी र नाम टुंगो लगाइसक्यो अब हेरफेर हुँदैन । हरेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त छ । हेटौंडालाई राजधानी मानेर जानुस ।–’ पार्टी नेतृत्व भेट्न पुगेका नेताहरुलाई ओलीले भने ।
आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका सांसदहरुलाई मंगलबार काठमाडौं बोलाएर नेकपा शीर्ष नेताहरुले पुनः निर्देशन दिएका हुन् ।
नेकपा प्रदेश–३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा मुख्य सचेतक रामेश्वर फुयाँल, आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद्हरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र दीपक निरौलालगायतको टोली काठमाडौं पुगेको थियो ।
प्रदेश–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले नेताहरुले पुनः निर्देशन दिएको बताए । उनले सुरक्षा निकायको रिपोर्ट र पार्टीभित्र धेरै चरणको छलफलपश्चात् हेटौंडा र बाग्मती छनौट गरिएको सचिवालयलका नेताहरुले जानकारी गराएको उनले बताए ।
‘सचिवालयको निर्देशन अनुसार अगाडि बढ्न निर्देशन भएको छ,’ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै मन्त्री जम्मकट्टेलले भने । ‘पार्टीले निर्णय गरेर राजधानी र नाम टुंगो लगाइसक्यो अब हेरफेर हुँदैन । हरेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त छ । हेटौंडालाई राजधानी मानेर जानुस ।’
नेताहरुले प्रदेश–३ को स्थायी राजधानीबारे असन्तुष्ट समूहसँग करिव ३ घण्टा छलफल गरेका थिए । हेटौंडा राजधानी राख्नुपर्ने र राख्न नहुने भन्ने सांसदहरु प्रदेश नेकपा संसदीय दल बैठकमा विवाद बढेपछि शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं पुगेका थिए ।
मुख्यमन्त्री डोरमणि पौडेल निवास हेटौंडामा चलिरहेको संसदीय दलको बैठक स्थगित गरेर सोमबार सांसद् तथा मन्त्रीहरु काठमाडौं गएका थिए ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला
- नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल
- राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो
- हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत
- नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !
- राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !
- राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै
- व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ
- संसदीय दलले हेटौंडा राजधानी निर्णय गरेपछि मात्रै मतदान
- राजधानी र नामको लागि हुने मतदान धकेलियो
- हेटौंडालाई राजधानी बनाउन सडकमा उत्रियो दबाब र्याली
- हेटौंडा राजधानी जनतालाई मात्रै होइन, देशकै लागिः बानियाँ
- प्रदेश सरकार भ्रष्टचारको दलदलमा फस्यो ‘प्रदेशसभा भंग गरौँ’
- प्रदेशसभा बैठक स्थगितः पुस २३ गते बस्ने
- प्रदेशको नाम बागमती राख्न किन हतार ?
- जब बानियाँले वैद्यलाई संसदबाहिर ‘हप्काए’ !
- प्रदेशका कानुन मन्त्री राजधानीको विषयमा ‘यूटर्न’
- हेटौंडालाई राजधानी बनाएर इतिहास रचौँ : इन्द्रबहादुर बानियाँ
- आज बस्ने संसदीय दलको बैठक स्थगित, नेताहरु काठमाडौं हानिए
- हेटौंडाको बैठक छोडेर नेताहरु किन हानिए काठमाडौं ?
- हेटौंडा राजधानी बनाउन ह्वीप लगाए ‘फ्लोर क्रस’
- केपी ओलीको प्रदेशका नेतालाई जवाफः ‘हेटौंडाको विकल्प नखोज्नुस्’
- राजधानी र नाम टुंग्याउन पुस २७ गते मतदान