विवाद र असन्तुष्ट त्यागेर सांसदहरु एक मतः मुख्यमन्त्री

तु खबर संवाददाता
२०७६ पुष २२,मंगलवार १९:४८
फाईल फोटो

हेटौंडा, २२ पुस । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी र नामको विषयमा उत्पन्न विवाद र असन्तुष्ट त्यागेर सांसदहरु एक मत हुने बताएका छन् ।

उनले राजधानी हेटौंडा र नाम बाग्मतीको पक्षमा सांसदहरु एक मत हुनेमा कुनै आशंका नरहेको दावी गरे । प्रदेश ३ को राजधानी र नाम सर्वसम्मतीले पारित हुने पौडेलको दावी छ ।

तु खबरसँग कुरा गर्दै उनले नेकपाको संसदीय दलको बैठकमा करिब सबै सांसदले आफ्नो धारणा राखिसकेकोले अब नेतृत्व तहको आधिकारीक निर्णय आउने बताए ।

उनले २४ गते बस्ने संसदीय दलको बैठकमा नेतृत्व तहको स्पष्ट धारणा सार्वजनिक गर्दै संसदमा प्रस्ताव अघि बढाउने बताए ।

‘विवादित विषय समाधान भइसकेका छन्, समग्रमा सबै पार्टीलाई मिलाएर सरकारको प्रस्ताव सत प्रतिशत मतदान हुनेछ ।’ उनले नेकपा सचिवालयले समेत निर्देशन दिइसकेको अवस्थामा असन्तुष्ट भएका सांसदले पार्टीको निर्देशनविपरित गए परिणाम राम्रो नहुने चेतावनी दिए ।

२३ गते बोलाइएको संसदमा राजधानी र नामको प्रक्रिया अघि बढाइने जानकारी मुख्यमन्त्री पौडेलले दिए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*