हेटौंडा राजधानी टुंगिएपछि १६/१६ मिटर भत्किने
हेटौंडा, २३ पुस । प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती रहने लगभग निश्चित भएको छ । नेकपा सचिवालयको निर्देशन मानेर सांसदहरु हेटौंडालाई राजधानी र नाम बाग्मती राखेर अघि बढ्ने संकेत देखा परेको छ ।
सत्तारुढ दल नेकपा नेतृत्वले पुनः राजधानी हेटौंडा र नाम बाग्मती मानेर जान निर्देशन दिएपछि प्रदेशसभा सदस्यहरु सकारात्मक देखिएका हुन् । राजधानी विवाद टुंगिने देखिएको छ । राजधानी सँगसँगै हेटौंडाको सडक विस्तार विवाद पनि टुंगिने संकेत देखिएको छ ।
प्रदेश ३ को राजधानी हेटौंडा कायम हुँदा हेटौंडा बजारको सडक विस्तार हुने संकेत देखा परेको छ । विगत लामो समयदेखि हेटौंडाको मुख्य सडक फराकिलो पार्न प्रयास भएका छन् । तर, राजनीतिक नेतृत्वकै कारण सडक विस्तार रोकिँदै आएको थियो ।
गत हप्ता शुक्रबारदेखि आइतबारसम्म मुख्यमन्त्री निवासमा भएको नेकपा संसदीय दलको बैठकमा हेटौंडाको सडकको विषयमा कुरा उठेको थियो । केही सांसदले हेटौंडाको सडक साँघुरो भएको भन्दै राजधानीको लागि उपयुक्त नभएको धारणा राखेका थिए ।
सोमबार बसेको प्रदेशसभा बैठकमा बोल्दै एक सांसदले यहाँको सडकदेखि भौतिक संरचनाको विषयमा प्रश्न उठाएका थिए । यसअघि पनि सार्वजनिक कार्यक्रमहरुमा हेटौंडाको सडकको विषयमा नकारात्मक टिक्का टिप्पणी हुने गरेको थियो ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई पनि राजधानी हेटौंडा कायम भएपछि सडक विस्तार गरेर व्यवस्थित बनाउन नैतिक दबाब परेको एक प्रदेशसभा सदस्यले बताए ।
‘मुख्यमन्त्रीले पहिला हेटौंडाको सडक विस्तार गरेर व्यवस्थित गर्नुपर्छ । अहिल्यै देखि हेटौंडामा सवारी जाम हुन थालिसक्यो । मुख्यमन्त्रीलाई नैतिक दबाब परेको छ ।–’ तु खबरसँग कुरा गर्दै एक सांसदले भने ।
मुख्यमन्त्री पौडेलले हेटौंडा बजार १६/१६ मिटर दायाँबायाँ भत्किने उद्घोष गरिसकेका छन् । केही समयअघि थाहासञ्चार रोडियोको कार्यक्रममा बोल्दै उनले हेटौंडाको सडक २५ मिटर नभई १६/१६ मिटर फराकिलो पारिने बताएका थिए ।
उनले आफू सडक विस्तारको विरोधी नभएको भन्दै पहिला आफ्नै घर भत्काएर सडक फराकिलो पार्ने काम सुरु गर्ने बताएका थिए । मुख्यमन्त्रीको उद्घोष र प्रदेश सांसदहरुको सडक विस्तार गर्नुपर्ने दबाबले पनि अब हेटौंडा बजारको मुख्य सडक फराकिलो हुने संकेत देखिएको हो ।
केही समयअघि डिभिजन सडक कार्यालय, हेटौंडालाई पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि चतिवनको लोथरसम्म २५/२५ मिटर सडक फराकिलो पार्न सुरु गरेको थियो ।
राजनीतिक दबाबका कारण सडक विस्तार रोकिएको थियो । उक्त सडक विस्तार गर्नुपर्ने कार्य अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला
- नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल
- राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो
- हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत
- नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !
- राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !
- राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै
- व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ
- संसदीय दलले हेटौंडा राजधानी निर्णय गरेपछि मात्रै मतदान
- राजधानी र नामको लागि हुने मतदान धकेलियो
- हेटौंडालाई राजधानी बनाउन सडकमा उत्रियो दबाब र्याली
- हेटौंडा राजधानी जनतालाई मात्रै होइन, देशकै लागिः बानियाँ
- प्रदेश सरकार भ्रष्टचारको दलदलमा फस्यो ‘प्रदेशसभा भंग गरौँ’
- प्रदेशसभा बैठक स्थगितः पुस २३ गते बस्ने
- प्रदेशको नाम बागमती राख्न किन हतार ?
- जब बानियाँले वैद्यलाई संसदबाहिर ‘हप्काए’ !
- प्रदेशका कानुन मन्त्री राजधानीको विषयमा ‘यूटर्न’
- हेटौंडालाई राजधानी बनाएर इतिहास रचौँ : इन्द्रबहादुर बानियाँ
- आज बस्ने संसदीय दलको बैठक स्थगित, नेताहरु काठमाडौं हानिए
- हेटौंडाको बैठक छोडेर नेताहरु किन हानिए काठमाडौं ?
- हेटौंडा राजधानी बनाउन ह्वीप लगाए ‘फ्लोर क्रस’
- केपी ओलीको प्रदेशका नेतालाई जवाफः ‘हेटौंडाको विकल्प नखोज्नुस्’
- राजधानी र नाम टुंग्याउन पुस २७ गते मतदान
- सुरक्षा रिपोर्ट र पार्टीभित्रकै छलफलले हेटौंडा राजधानीः नेकपा
- विवाद र असन्तुष्ट त्यागेर सांसदहरु एक मतः मुख्यमन्त्री
- हेटौंडा राजधानी बनाउन ‘हाइकमाण्ड’ले यस्तो भन्यो
- प्रदेशसभा बैठक आजः राजधानी र नामको प्रक्रिया अघि बढ्ने
- भोली बस्ने संसदीय दलको बैठकले राजधानी विवाद टुंग्याउने