काभ्रेको पक्षमा मुख्यमन्त्री डोरमणि पौडेलसँग सांसदले मागे ‘भोट’

तु खबर संवाददाता
२०७६ पुष २३,बुधबार २०:०६

हेटौंडा, २३ पुस । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई काभ्रेलाई राजधानी बनाउन भोट माग गरिएको छ । आज बुधवार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग काभ्रेबाट निर्वाचित नेकता सांसद चन्द्र लामाले भोट मागेका हुन् ।

‘काभ्रेको पक्षमा मुख्यमन्त्री, मन्त्री र सबै माननीयहरुसँग म मत माग्छु । जसरी पनि काभ्रेलाई राजधानी बनाउनु पर्छ ।–’ लामाले भने । उनले काभ्रेको पक्षमा एक मत नपुगेको अवस्थामा सभामुखले हाल्नु हुन्छ भन्दा संसद भवनमा हाँसो छुट्यो ।

‘काभ्रेको पक्षमा १ मत नपुगे सभामुख ज्युले हाल्नु हुन्छ, मलाई थाहा छ ।–’ लामाले सभामुखतर्फ हेर्दै भने ।

संसदमा बोल्ने क्रममा लामाले काभ्रेको विकल्प नभएको भन्दै राजधानी उपयुक्त स्थानमा राख्नु पर्ने धारणा राखे । उनले हेटौंडा आउँदा सडकको अवस्थाले दक्षिणकाली यताको सडक खण्डमा मुटु आफूसँग छ की छैन भनेर सोच्नु पर्ने बताए । गाडीको चक्का सडकमै हुन्छ की हुँदैन भनेर हेर्नुपर्ने बताए ।

यस्तो अवस्थाको सडकलाई पनि मकवानपुरका सांसदहरुले राम्रो भनेको भन्दै आफूले सम्मान व्यक्त गरेको बताए । उनले हेटौंडा राजधानी हुँदा २ जिल्लाको लागिमात्र उपयुक्त भएको बताएका छन् ।

१० जिल्लाको लागि काभ्रे उपयुक्त भएको सुनाए । प्रदेश सरकार निर्माण गर्न पनि काभ्रेमा पर्याप्त भौतिक संरचना र जग्गा भएको उनले दावी गरे । काभ्रेमा हावा, पानी र वातावरण राम्रो भएको उनले बताए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*