भक्तपुरलाई सरकारले राजधानी बनाउन उपयुक्त ठानेको छ– अमात्य

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार १६:५९

हेटौंडा, २५ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै भक्तपुरबाट निर्वाचित नेपाली कांग्रेसकी सांसद रजनी अमात्यले सबै जिल्लाको लागि भक्तपुर राजधानी उपयुक्त हुने बताएकी छिन् ।

भक्तपुरलाई राजधानी राख्नको निम्ति सरकारको तर्फबाट स्थलगत परिक्षणले उपयुक्त ठानेको बताइन् । संघीयताको मुलमर्म अनुसार भक्तपुरलाई राजधानी बनाउनु पर्ने उनको भनाई थियो ।

जनताको भलो, सुख, शान्तिलाई हेर्नुपर्ने भन्दै १३ वटै जिल्लालाई भक्तपुर राजधानी उपयुक्त हुने उनले धारणा राखिन् । उनले भक्तपुरको पक्षमा मत दिन सबै सांसदलाई आग्रह गरिन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*