‘हेटौंडा आउन जनताले दुःख नपाउने गरी सरकारले काम गर्नुपर्छ’

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार १७:१५
file-photo

हेटौंडा, २५ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य कुमारी मोक्तानले राजधानी जहाँ रहेता पनि जनताको सेवा सर्वशुलभ, बिना कठिनाई र छिटोछरितो बनाउनु पर्ने बताइन् ।

उनले राजधानी हेटौंडाबाट सारेर प्रदेश सरकारलाई भार थप्न नहुने बताइन् । राजधानी आउन जनतालाई कठिनाई भए सरकारले सडक सञ्जाल गुणस्तरीय बनाउनु पर्ने बताइन् ।

घरभित्रै राजधानी राखे पनि राजधानी उपयुक्त ढंगबाट सञ्चालन नभएको खण्डमा समस्या आउने बताइन् । उनले प्रदेश ३ को नाम बहुपहिचानको आधारमा राख्नुपर्ने बताइन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*