प्रदेशसभा बैठक स्थगित, भोली राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न सूचना

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार १७:४२

हेटौंडा, २५ पुस । आज शुक्रबार बसेको प्रदेश ३ को प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले भोली दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित भएको जनाएका छन् ।

सभामुख श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्ला मध्येबाट प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गरेका छन् ।

सभामुखले भोली शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव गर्न प्रदेशसभा सदस्यहरुलाई सूचना गरेका छन् ।

 

यो पनि पढ्नुहो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*