मुख्यमन्त्री पौडेलले बोलाए राती सर्वदलीय बैठक, एउटा मात्रै प्रस्ताव दर्ता गर्न आग्रह

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार ०७:५३
file-photo

मकवानपुर, २६ पुस । एकै स्थान र नामको प्रस्ताव दर्ता गर्ने प्रयासमा शुक्रबार राति हेटौंडामा सर्वदलीय बैठक बसेको छ ।

प्रदेश ३ सभामा प्रतिनिधित्व गर्ने दलको बैठक बसेको हो । बैठकमा प्रदेश सभामा शनिबार स्थायी राजधानी रहने स्थान र प्रदेशको एउटा मात्र प्रस्ताव दर्ता गर्ने प्रयास बारे छलफल गरिएको छ । छ्लफलमा नेकपाका मुख्यमन्त्री एबम नेकपा संसदीय दलका नेता डोरमणि पौडेल र उपनेता एबम आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, काङ्ग्रेसका दलका नेता ईन्द्र बानिया, राप्रपा संयुक्तका रीना गुरुङ, राप्रपाकी रीता माझी, नेमकिपाका सुरेन्द्रराज गोसाइँ, बिबेकशील नेपाली दलका रमेश पौड्याल, साझा बिबेकशीलकी शोभा शाक्य लगायतको उपस्थिति थियो ।

बैठकमा मुख्य मन्त्रीको प्रस्तावमा दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

यो पनि पढ्नुहो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*