प्रदेशसभा बैठक सुरु, राजधानी र नामको प्रस्तावमाथि छलफल

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १३:२३

हेटौंडा, २६ पुस । आज २६ गते प्रदेश ३ को प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव पेश गर्ने भएको छ ।

प्रदेशसभा सचिवालयमा प्रदेशको राजधानीको लागि हेटौंडा र काभ्रे दर्ता भएको छ । आज बिहान ९ बजेदेखि ११ बजेसम्म सत्तापक्ष नेकपा, प्रमुख प्रतिपक्षी दल कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले राजधानी हेटौंडा र नाम बाग्मतीको प्रस्ताव दर्ता गराएका छन् ।

विवेकशील नेपाली दल र विवेकशील साझाले राजधानी काभ्रेको धुलिखेल र नाम बाग्मती सचिवालयमा दर्ता गराएको छ ।

आजको बैठकमा प्राप्त प्रस्तावहरुमाथि एकमुष्ठ छलफल हुने कार्यसूचि छ । यसैगरी प्रस्तावकले प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*