राजधानीमा विभाजित भएपनि नाममा एकमत भयो विवेकशील साझा

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १४:५१

हेटौंडा, २६ पुस । प्रदेश ३ को राजधानी हेटौंडा राख्ने सवालमा विभाजित भएको विवेकशील नेपाली र साझा पार्टी नाममा भने एकमत भएको छ ।

विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा पेश गरे पनि हाल जारी प्रदेशसभा बैठकमा नामको सवालमा भने नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पेश गरेको बाग्मती प्रस्तावलाई समर्थन जनाएका हो ।

बैठकमा विवेकशील नेपाली र साझा पार्टीका सांसदहरु रमेश पौडेल र शोभा शाक्यले नाममा समर्थन जनाएका छन् ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*