प्रदेशसभा बैठक स्थगित, आइतबार बिहान ९ बजे बस्ने

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १५:२२

हेटौंडा, २६ पुस । प्रदेश ३ सभाको बैठक स्थगित भएको छ । शनिवार १ बजेदेखि सुरु भएको बैठक दोस्रो चरणसम्म चलेपछि ३ बजे स्थगित गरिएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले आगामी बैठक भोली आइतबार ९ बजेबाट सुरु हुने गरी स्थगित गरिएको जानकारी गराए । भोली बिहान हुने बैठकको कार्यसूचि सार्वजनिक गरिएको छैन ।

आज बसेको सभामा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौंडाको प्रस्ताव पेश गरेका थिए ।

पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाएका छन् ।

सभाको शनिवारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बाग्मती प्रस्ताव पेश गरेका थिए । बानियाँको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङलेले समर्थन जनाएका छन् ।

यसैगरी विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरे । विवेकशील नेपाली र साझा पार्टीले नामको सवालमा भने प्रदेशको नाम बाग्मती प्रस्तावलाई समर्थन जनाएका छ ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*