नेकपा र कांग्रेसले दर्ता गरेको प्रस्तावमा गम्भीर त्रुटी, बाग्मती हुनुपर्नेमा वागमती

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १६:२९

हेटौंडा, २६ पुस । आज नेकपा संसदीय दल र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेशसभामा दर्ता गरेको प्रदेशको नाममा गम्भीर त्रुटी भएको छ ।

प्रदेशसभाले तयार पारेको प्रदेशको नामकरण सम्बन्धी प्रस्तावको ढाँचामा प्रदेशको नामको लागि प्रस्तावित नाम वागमती लेखिएको हो ।

यसको शुद्ध लेखाई  बाग्मती हुन्छ । नेपाली बृहत शब्द कोषमा बाग्मती उल्लेख गरिएको छ । तर, दलले दर्ता गरेको नामकरणमा वागमती लेख्दा गम्भीर त्रुटी भएको हो ।

यदी सांसदहरुको दुई तिहाइ मतले प्रदेशसभाबाट प्रदेशको नाम प्रस्ताव अनुसारै पास गरेमा  हरेक निकाय, प्रादेशिक कार्यालयले वागमती लेख्नु पर्नेछ ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*