अन्तिम रणनीति तय गर्न भोली नेकपा संसदीय दलको बैठक बस्ने

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १७:५८
फाइल तस्बिर

हेटौंडा, २६ पुस । भोली आइतबार सत्तारुढ दल नेकपा प्रदेश संसदीय दलको बैठक पुनः बस्ने भएको छ ।

हेटौंडास्थित मुख्यमन्त्री निवासमा भोली बिहान ७ः३० बजे नेकपा संसदीय दलको बैठक बस्न लागेको नेकपाका मुख्य सचेतक रामेश्वर फुँयालले बताए ।

उनले तु खबरसँग कुरा गर्दै प्रदेश ३ को राजधानी र नामकरणको विषयमा अन्तिम रणनीति तय गर्न संसदीय दलको बैठक बस्न लागेको बताए ।

उनले भोली प्रदेशको राजधानी र नामकरणको विषयमा हुने मतदान प्रक्रियामा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा संसदीय दलको बैठकमा छलफल हुने जानकारी दिए ।

‘भोली बस्ने दलको बैठकले प्रदेशको राजधानी र नामकरणको विषयमा अन्तिम रणनीति तय गर्नेछ ।–’ तु खबरसँग कुरा गर्दै सचेतक फुँयालले बताए ।

नेकपाका सांसदहरु राजधानी हेटौंडा र काभ्रेको पक्षमा विभाजित भएपछि संसदीय दलले प्रदेश ३ को राजधानी र नामकरणको विषयमा निर्णय गर्न सकेको थिएन । शुक्रबार बसेको बैठकले प्रदेशको राजधानी हेटौंडा र नाम बाग्मती राख्ने निर्णय गरेको थियो ।

आज शनिवार बसेको प्रदेश ३ सभामा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौंडाको प्रस्ताव पेश गरेका थिए ।

पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाएका छन् ।

सभाको शनिवारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बाग्मती प्रस्ताव पेश गरेका थिए ।

यसैगरी विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरे । विवेकशील नेपाली र साझा पार्टीले नामको सवालमा भने प्रदेशको नाम बाग्मती प्रस्तावलाई समर्थन जनाएको छ ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*