नेवाः ताम्सालिङ प्रस्ताव दर्ता गर्न फारम भरियो, सर्मथक भेटिएन !

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १९:३९

हेटौंडा, २६ पुस । प्रदेश ३ सभामा प्रदेश ३ को नाम नेवाः ताम्सालिङ प्रस्ताव गर्न योजना बनाएका स्वतन्त्र सांसद प्रेम तामाङको चाहना अधुरै भएको छ ।

उनले आज शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको नाम नेवाः ताम्सालिङ प्रस्ताव दर्ता गर्न चाहेका थिए । उनले प्रस्ताव दर्ताको लागि फारम भरेपनि अन्तिममा समर्थक पाएनन् । यसकारण उनको नेवाः ताम्सालिङ नाम प्रस्ताव दर्ता गर्ने चाहना अधुरै बनेको हो ।

प्रदेशसभाका कुनै पनि सदस्यले प्रदशेको नाम र राजधानीबारे प्रस्ताव दर्ता गर्दा दुईजना प्रदेशसभा सदस्य समर्थक चाहिने व्यवस्था छ ।

उनले सदनमा आफ्नो धारणा राख्ने क्रममा पहिचानको मुद्दा उठाएर चुनाव जितेका सांसदहरुलाई ‘रेड सलाम’ गरेका छन् । ‘जातीय पहिचानका लागि रगत बगाएकाहरु समेत पहिचानको एजेण्डा छाडेको भन्दै तामाङले व्यङ्ग्य गरे, रातामान्छेहरुलाई रातै सलाम ।’

प्रदेशसभा बैठकमै प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्नुपर्छ भनेर माग उठाउने सांंसदहरु पार्टी हृवीपका कारण समर्थक समेत बस्न नमानेको प्रदेशसभा सदस्य तामाङले बताए ।

यसअघिका बैठकमा नेकपाका केही सांसदहरुले प्रदेश ३ को नाम नेवाः ताम्सालिङ हुनुपर्ने माग राखेका थिए । तर, तामाङले आज समर्थक नै भेटेनन् । उनले खल्तीबाट आफूले भरेको प्रस्ताव फारम झिकेर देखाए ।

उनले पहिचानको मुद्दा लिएर जनतालाई आश्वासन दिने सांसदहरुले विभिन्न प्रलोभनमा बाग्मती प्रदेश राख्ने प्रस्तावलाई अघि बढाएको प्रति आफ्नो आपत्ति रहेको बताए ।

उनले कम्युनिष्टका सर्वोच्च नेता लेनिनको धारणालाई संज्ञा दिँदै भने– बाहिर खसीको टाउको झुण्डाएर, संसदमा भित्र कुकुरको मासु बेचिन्छ भन्दै उनले प्रदेश ३ को संसदमा पनि लेलिनको धारणा चरितार्थ भएको आरोप लगाए ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*