हेटौंडाका दाजुभाईले फोनमा कुरा मिलाएर सदनमा छाप लगाउन खोजेः सांसद पौड्याल

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार १०:२१

हेटौंडा, २६ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै उपत्यकाका सांसद रमेश पौड्यालले हेटौंडाका दाजुभाई मिलेर सदनमा छाप लगाएर निर्णय गराउन खोजेको आरोप लगाएका छन् ।

विवेकशील नेपाली दलका सांसद पौड्यालले सत्तापक्ष र विपक्षका नेताहरु दाजुभाई जस्तै मिलेको भन्दै भने– हेटौंडाको खेतको पाटामा ओल्लो छेउमा दाईको घर पल्लो छेउमा भाईको घर बीचमा राजधानी बनाउने भनेर फोनमा कुरा मिलाएर यो संसदमा छाप लगाएर निर्णय गर्ने होत ? भन्दै प्रश्न गरे ।

उनले दुईवटा हात्तिले प्रेम गरे पनि युद्ध गरेपनि जनताको तोरीबारी माडिन्छ ख्याल गर्नुपर्छ भन्दै मुख्यमन्त्री डोरमणि पौडेल र इन्द्रबहादुर बानियाँलाई व्यङ्ग्य गरेका छन् ।

‘विपक्षी र सत्तापक्षको जोडी खुम मिलेको छ । मिलेर जानु मेरो थप कुरा छैन, लोकतन्त्रमा सत्ता पक्ष र विपक्षको आफ्नै भूमिका हुन्छ ।–’ पौड्यालले भने ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*