१ सय ५ मतले प्रदेशको स्थायी राजधानी हेटौंडा घोषित (भिडियो)

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार ११:२१

हेटौंडा, २७ पुस । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा हेटौंडालाई राजधानी बनाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत परिणाम सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको मतपरिणाम अनुसार १ सय ५ मतले हेटौंडा राजधानी घोषित भएको छ । दुई तिहाईले राजधानी घोषित हुन ७४ मत आवश्यक थियो । त्यो भन्दा ज्यादा मतले हेटौंडा प्रदेशको स्थायी राजधानी घोषणा भएको हो ।

यसअघि मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई राजधानी प्रस्ताव पारित गरियोस भनी सभामा पेश गरेका थिए । सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीबाट पेश भएको हेटौंडा राजधानी बनाउने प्रस्तावलाई सभामा निर्णयार्थ पेश गरेका थिए ।

त्यसपछि मत विभाजनको घोषणा गरिएको थियो । मतदानको परिणाम अनुसार अत्याधिक मतले हेटौंडा प्रदेशको राजधानी कायम भएको हो । मतदानमा १ सय ८ सांसद उपस्थित थिए ।

यसअघि काभ्रेको धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा निर्णयार्थ पेश भएको थियो । विवेकशील नेपाली दल र साझा पार्टीले संयुक्त रुपमा धुलिखेललाई राजधानी प्रस्ताव गरेका थिए ।

प्रस्तावहरुले प्रस्ताव फिर्ता लिन नमानेपछि काभ्रेको धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा निर्णयार्थ प्रस्तुत भएको थियो ।

त्यसपछि भएको मत विभाजनमा काभ्रेको धुलिखेलको पक्षमा ३ मत मात्रै आएको हो । यसको विपक्षमा १ सय १ जनाले मतदान गरेका थिए ।

हेर्नुहोस् भिडियो – 

 

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*