यसरी बन्यो हेटौंडा स्थायी राजधानी
![](https://www.tukhabar.com/wp-content/uploads/2019/05/hetauda-1-e1579001039514.jpg)
हेटौंडा, २७ पुस । २०७४ माघ २९ गते प्रदेश सरकार गठनसँगै पेचिलो बनेको विषय हो, स्थायी राजधानी र नामकरण । निकै चासोको विषयका रुपमा लिइएको यो विषयले संसद र सरकार गठन लगतै मूर्तरुप पाउने स्थिति थिएन । संसद र सरकार मात्र नभइ संचारमाध्यम, सामाजिक सञ्जालमा व्यापक चर्चा हुने प्रदेश ३ को राजधानी हेटौंडालाई स्थायी बनाउने सवालमा नेकपा, काँग्रेसको नेतृत्व तहले गम्भीर रुपमा लिएको थियो ।
संसदमा पटकपटक सांसदहरुले स्थायी राजधानी र नाम नतोक्दा अस्थायी मानसिकतामा गुज्रिनुपरेको गुनासो गरेका थिए । उनीहरुले संसद बैठककै पिच्छे सरकारले स्थायी राजधानीसमेत तोक्न नसकेको स्थितिमा विकास निर्माणले समेत गति लिन नसकेको आरोप लगाएका थिए । सांसदहरुका यस्ता विविध गुनासो र आरोप, जनचासो, निर्णायक भूमिकामा ढिलाइ भएको स्वीकार्दै मुख्यमन्त्री डोरमणि पौडेलले औपचारिक, अनौपचारिक रुपमा राजधानी र नाम टुङ्ग्याउन सरकार लागि परेको बताउँथे । उनले कहिले हिउँदे, अधिवेशन त अहिले बर्षे अधिवेशनमा प्रदेश ३ बासीले स्थायी राजधानी पाउने भन्दै संसदमा स्पष्ट धारणा राखेका थिए ।
तर, उनले पटकपटक आश्वासन दिएपनि स्थायी राजधानी र नाम तोक्नु त्यति सहज थिएन । मुख्यमन्त्री पौडेलले अन्तिम पटक हेटौंडाको पल्पसा सभागृहमा आयोजित करमैत्री यात्रा समारोहमा १५ दिनभित्र राजधानी र नाम प्रदेश सभाबाट प्रक्रियागत रुपमा टुङ्ग्याउने दाबी गरेपछि चर्चा अझ बढेको थियो । विशेषगरीः मुख्यमन्त्री पौडेल, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँलाई राजधानी हेटौंडानै स्थायी बनाउन ‘फलामको चिउरा चपाउनु’ सरह भइसकेको थियो ।
राजधानी अन्यत्र सार्न वा स्थायी बनाउन दुई तिहाइ मत चाहिने संवैधानिक प्रावधान छ । सोहि प्रावधान अनुसार अधिकांश सांसद हेटौंडाको विपक्षमा देखिएपछि सरकारले संसदमा राजधानी र नामकरणबारे प्रक्रिया अघि नबढाएकै हो । किनकी मुख्यमन्त्री पौडेल र काँग्रेस संसदीय दलका नेता बानियाँ हेटौंडालाई स्थायी राजधानी बनाउन चाहन्थे । तर, मुख्यमन्त्री र नेता बानियाँको चाहनाले मात्र हेटौंडा स्थायी राजधानी बन्ने अनुकुल स्थिति थिएन । प्रतिकुल स्थितिलाई अनुकुलमा परिणत गर्न यस्ता प्रयासहरु अघि बढाइएको थियो ।
राजधानी अध्ययन सम्भाव्यता समिति गठन
सडकदेखि संसदसम्म प्रदेश ३ को राजधानी बारे व्यापक चर्चा, आलोचना हुन थालेपछि प्रदेश सभाले सांसद दीपक निरौलाको सभापतित्वमा २०७५ बैशाख १४ गते १० सदस्यीय विशेष समिति गठन ग¥यो ।
प्रदेश सभामा स्थायी राजधानी कायम गरियोस् भन्दै दर्ता गरिएका काभे्र, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुरको सम्भाव्यता अध्ययनका गर्न गठन गरिएको समितिलाई प्रतिवेदन बुझाउन ४५ दिन समय तोकिएको थियो । ४५ दिनको समय दिइएको समितिले थप १५ दिन अध्ययन गरी सभामुख सानुकुमार श्रेष्ठलाई २०७५ असार २६ गते प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन सभामुख श्रेष्ठले २०७५ असार २६ गते प्रदेशसभामा टेबुल गरेका थिए । यो नै प्रदेश राजधानी टुङ्ग्याउने सवालमा थालिएको पहिलो प्रयास थियो ।
काँग्रेसको अवरोधपछि कार्यविधि
राजधानी टुङ्ग्याउन अत्यन्त ढिलाइ भएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रदेशसभा बैठकनै अवरुद्ध गरेको थियो । २०७५ मा बजेट अधिवेशन सुरु गर्ने क्रममा काँग्रेसले राजधानीको विषयले प्रवेश नपाएसम्म संसद चल्न नदिने भन्दै अवरोध ग¥यो । प्रदेशसभा संचालनपछि प्रमुख प्रतिपक्षले संसद अवरुद्ध गरेको यो पहिलो पटक हो ।
सभामुख सानुकुमार श्रेष्ठले पटकपटक आग्रह गर्दा समेत काँग्रेस आफ्नो अडानबाट पछि नहटेपछि राजधानीको सवालमा दोस्रो प्रक्रिया अघि बढाइयो । सभामुख श्रेष्ठले दोस्रो दिन तत्काल राजधानी प्रक्रिया अघि बढाउने बारे कार्यविधि संसदमा प्रस्तुत गरे । उनले प्रस्तुत गरेको कार्यविधि पारितसँगै काँग्रेसले सहमत जनाउँदै बजेट अधिवेशन अघि बढाइएको थियो ।
राजधानी तोक्न भएका राजनीतिक प्रयासहरु
तत्कालीन एमाले र माओवादीको पार्टी एकतासँगै सत्तापक्ष नेकपा संसद र सरकारमा थप बलियो भयो ।
सत्तापक्ष संसदमा बलियो साबित भएपछि आफ्नो एजेन्डा सहजै पारित गर्ने बातावरण भएपनि नेकपाका सांसदबिच मतान्तरका कारण राजधानी र नामबारे कुनै प्रक्रिया अघि बढ्न सकेन । स्थायी राजधानीका लागि काभ्रे, चितवन, नुवाकोट र भक्तपुरका सांसदले आफ्नो जिल्लामा राजधानी तोकियोस् भन्दै संसदमा प्रस्ताव दर्ता गरे ।
राजधानीबारे प्रस्ताव, सांसदको दबाब र जनचासोलाई मध्यनजर गर्दै प्रदेशसभा बैठकले नेकपाका सांसद दीपक निरौलाको संयोजकत्वमा राजधानी सम्भाव्यता अध्ययन समिति गठन गरेको थियो । ६० दिनमा गरिएको स्थलगत अध्ययन, प्रश्नावलीका आधारमा समितिले प्रतिवेदन तयार गरेर सभामुख सानुकुमार श्रेष्ठलाई बुझाएको थियो । समितिले प्रतिवेदन बुझाएपनि संसदमा राजधानी र नामाकरणका लागि प्रक्रिया अघि बढ्न सकेन ।
मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न सन्दर्भमा सांसदहरुसँग छलफल गर्दा अधिकांश सांसद काभ्रे राजधानी हुनुपर्ने पक्षमा देखिएपछि नेकपाभित्रै सहमति हुन सकेन । मुख्यमन्त्रीलाई पार्टीका केन्द्रीय नेताबाट राजधानी हेटौंडानै कायम राख्न सहमति जुटाउने दबाब र सांसदहरु हेटौंडा नहुने पक्षमा देखिएपछि संसदमा हेटौंडाको पक्षमा बहुमत पुग्ने अवस्था भएन ।
सत्तापक्षकै सांसदहरुले पटकपटकको छलफलमा हेटौंडा कायमका लागि पार्टीको केन्द्रीय तहबाट सर्कुलर आउनुपर्ने वा आफ्नो धारणा अनुसार हुनुपर्ने अडान कायम राखेपछि केहि समय लम्बिएको थियो । नेकपाको केन्द्रीय सर्कुलरबाटै अघि बढ्ने सांसदको अडान अनुसारनै केन्द्रीयस्तरबाट निर्णय नहुँदा राजधानी टुङ्ग्याउने सवाल लम्बिरहेको छ ।
जब ओली र प्रचण्डले निर्देशन दिए
करिब २३ महिनादेखि अनिर्णयको बन्दी बनेको प्रदेश राजधानी र नाम टुङ्ग्याउन नेकपा शीर्ष नेतृत्वका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले पहिलो पटक सचिवालय बैठकले हेटौंडा राजधानी र नाम बाग्मती राख्ने निर्देशन दिएपछि प्रक्रिया तीब्र गतिमा अघि बढाइएको । प्रक्रिया अनुसार नेकपा संसदीय दलको बैठकमा असहमति जनाएका सांसदहरुको धारणा बुझेपछि दलको बैठकले हेटौंडा राजधानी र नाम बागमती राख्ने निर्णय गरेको थियो । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलले पनि हेटौंडा राजधानी र नाम बाग्मतीको पक्षमा मतदान गर्ने निर्णय ग¥यो ।
यो पनि हेर्नुहोस् ।
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला
- नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल
- राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो
- हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत
- नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !
- राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !
- राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै
- व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ
- संसदीय दलले हेटौंडा राजधानी निर्णय गरेपछि मात्रै मतदान
- राजधानी र नामको लागि हुने मतदान धकेलियो
- हेटौंडालाई राजधानी बनाउन सडकमा उत्रियो दबाब र्याली
- हेटौंडा राजधानी जनतालाई मात्रै होइन, देशकै लागिः बानियाँ
- प्रदेश सरकार भ्रष्टचारको दलदलमा फस्यो ‘प्रदेशसभा भंग गरौँ’
- प्रदेशसभा बैठक स्थगितः पुस २३ गते बस्ने
- प्रदेशको नाम बागमती राख्न किन हतार ?
- जब बानियाँले वैद्यलाई संसदबाहिर ‘हप्काए’ !
- प्रदेशका कानुन मन्त्री राजधानीको विषयमा ‘यूटर्न’
- हेटौंडालाई राजधानी बनाएर इतिहास रचौँ : इन्द्रबहादुर बानियाँ
- आज बस्ने संसदीय दलको बैठक स्थगित, नेताहरु काठमाडौं हानिए
- हेटौंडाको बैठक छोडेर नेताहरु किन हानिए काठमाडौं ?
- हेटौंडा राजधानी बनाउन ह्वीप लगाए ‘फ्लोर क्रस’
- केपी ओलीको प्रदेशका नेतालाई जवाफः ‘हेटौंडाको विकल्प नखोज्नुस्’
- राजधानी र नाम टुंग्याउन पुस २७ गते मतदान
- सुरक्षा रिपोर्ट र पार्टीभित्रकै छलफलले हेटौंडा राजधानीः नेकपा
- विवाद र असन्तुष्ट त्यागेर सांसदहरु एक मतः मुख्यमन्त्री
- हेटौंडा राजधानी बनाउन ‘हाइकमाण्ड’ले यस्तो भन्यो
- प्रदेशसभा बैठक आजः राजधानी र नामको प्रक्रिया अघि बढ्ने
- भोली बस्ने संसदीय दलको बैठकले राजधानी विवाद टुंग्याउने
- हेटौंडा राजधानी टुंगिएपछि १६/१६ मिटर भत्किने
- इन्द्र बानियाँलाई चुनौतीः आफ्ना सांसदलाई ‘ट्रयाक’मा राख्न सक्छन् की सक्दैनन् ?
- काभ्रेको पक्षमा मुख्यमन्त्री डोरमणि पौडेलसँग सांसदले मागे ‘भोट’
- हेटौंडा राजधानी कायम गर्न ह्विप लगाउने तयारी
- हेटौंडा राजधानी कायम हुँदा ४ मन्त्रालय बढ्ने !
- नेकपाका सबै सांसद हेटौंडाको पक्षमा, ‘फ्लोर क्रस’ नगर्न ह्विप जारी
- हेटौंडामा जारी संसदीय दलको बैठक स्थगित
- हेटौंडामात्र वा पाँचवटै जिल्ला प्रस्ताव लैजान सांसदबीच रस्साकस्सी
- राजधानीमा हेटौंडाको नाममात्र संसदमा प्रस्तावः मुख्यमन्त्री
- राजधानी र नाममाथि छलफल गर्न आज प्रदेशसभा बैठक बस्दै
- राष्ट्रियसभामा उठ्यो प्रदेश ३ को राजधानीको विषय
- मुख्यमन्त्री निवासमा नेकपा नेताहरुको बैठक चल्दै
- ‘लाखौं जनता मुस्किलले हेटौंडा पुग्छन्, १० जिल्लाले राजधानी भेटाउँदैन’
- नेकपा बैठकको निश्कर्षः राजधानीको लागि हेटौंडामात्रै प्रस्ताव, आज ह्विप लगाउने
- दुई रात कुर्नुहोस्, राजधानी हेटौंडा पाउनुहुन्छः मुख्यमन्त्री डोरमणि पौडेल
- कुखुरा मर्दा प्रदेशसभामा श्रद्धाञ्जली व्यक्त ! रेकर्डबाट हटाउन सांसदको आग्रह
- ‘हेटौंडाको मूल सडक फराकिलो पार्न नसक्ने मुख्यमन्त्रीको के आश गर्ने ?’
- प्रदेशसभा बैठक स्थगित, भोली राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न सूचना
- नेपाली काँग्रेस संसदीय दलको बैठक हेटौंडाको क्विक ट्वान्टी होटलमा सुरु
- काङ्ग्रेस संसदीय दलको बैठक सकियो – हेटौंडाको पक्षमा मतदान गर्ने निर्णय
- मुख्यमन्त्री पौडेलले बोलाए राती सर्वदलीय बैठक, एउटा मात्रै प्रस्ताव दर्ता गर्न आग्रह
- बिवेकशीलले धुलिखेल राजधानी माग्दै प्रस्ताव दर्ता गरायो
- इन्द्रबहादुर बानियाँ र डोरमणि पौडेलको मिलेमतो, काँग्रेस र नेकपाको एउटै प्रस्ताव दर्ता
- प्रदेशसभा बैठक सुरु, राजधानी र नामको प्रस्तावमाथि छलफल
- काभ्रेको धुलिखेललाई राजधानी बनाउन प्रदेशसभामा विवेकशील साझाको प्रस्ताव
- हेटौंडालाई प्रदेश ३ को राजधानी बनाउन प्रदेशसभामा मुख्यमन्त्रीको प्रस्ताव
- प्रदेश ३ सभामा भोली सार्वजनिक विदा दिन माग
- ‘हार्ने भएपछि धुलिखेलको समर्थन गरिन’– प्रेम तामाङ
- हेटौंडाको पक्षमा नेमकिपाका सुरेन्द्रराज गोसाईं
- सिंहदरबार गाउँगाउँमा आउँछ भन्थे, अपराधी आए– सांसद श्रेष्ठ
- ३० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित
- इन्द्र बानियाँले प्रदेशसभामा पेश गरे प्रदेश ३ को नाम बाग्मती
- राजधानीमा विभाजित भएपनि नाममा एकमत भयो विवेकशील साझा
- बाहिर खसीको टाउको झुण्डाएर, भित्र कुकुरको मासु बोच्ने थलो रहेछ यो संसदः प्रेम तामाङ
- प्रदेशसभा बैठक स्थगित, आइतबार बिहान ९ बजे बस्ने
- नेकपा र कांग्रेसले दर्ता गरेको प्रस्तावमा गम्भीर त्रुटी, बाग्मती हुनुपर्नेमा वागमती
- अन्तिम रणनीति तय गर्न भोली नेकपा संसदीय दलको बैठक बस्ने
- नेवाः ताम्सालिङ प्रस्ताव दर्ता गर्न फारम भरियो, सर्मथक भेटिएन !
- अन्तिम रणनीति बनाउन नेकपाको बैठक बस्दै
- आज पत्रकार र दर्शक प्रदेशसभा बाहिर
- राजधानी र नाम टुंगाउन आज मतदानः हेटौंडाको पक्षमा १०५ मत, धुलिखेलको पक्षमा ३ मत खस्ने अनुमान
- हेटौंडाका दाजुभाईले फोनमा कुरा मिलाएर सदनमा छाप लगाउन खोजेः सांसद पौड्याल
- सांसद पौड्यालले फिर्ता लिएनन् धुलिखेललाई राजधानी बनाउने प्रस्ताव
- धुलिखेल राजधानी तोकियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत, पक्ष र विपक्षमा मतदान सुरु
- धुलिखेलको विपक्षमा मुख्यमन्त्री र कांग्रेस संसदीय दलका नेता बानियाँ
- मत सच्याउन सांसदलाई ३ मिनेट समय
- १ सय १ मतसहित धुलिखेल राजधानीका लागि अस्वीकृत
- हेटौंडालाई प्रदेश राजधानी बनाउने प्रस्ताव निर्णयार्थ पेश, मतदान सुरु
- १ सय ५ मतले प्रदेशको स्थायी राजधानी हेटौंडा घोषित
- सर्वसम्मतले ३ नं. प्रदेशको नाम बागमती घोषित
- यदी थापा,पौडेल र बानियाँ मकवानपुरे हुँदैन थिए भने…