सर्वसम्मतले ३ नं. प्रदेशको नाम बागमती घोषित

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार १२:१८

हेटौंडा, २७ पुस । प्रदेश ३ को नाम बागमती सर्वसम्मतले घोषित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा प्रदेश ३ को नाम बागमती राख्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत परिणाम सार्वजनिक गरेका थिए ।

सार्वजनिक गरिएको मतपरिणाम अनुसार १ सय ८ मतले प्रदेशको नाम बागमती घोषित भएको छ । मतदानमा १ सय ८ सांसद नै सहभागी थिए । दुई तिहाईले बागमती नाम घोषित हुन ७४ मत आवश्यक थियो ।

शनिबारको प्रदेशसभा बैठकमा नाममा बाग्मतीको मात्र प्रस्ताव पेश भएको थियो । कांग्रेस प्रदेश ३ का संसदीय दलक नेता इन्द्रबहादुर बानियाँले बागमती नाम पशे गरेका थिए ।

यसको समर्थनमा राप्रपा संसद रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ र विवेकशील नेपाली दलका रमेश पौड्याल र शोभा शाक्य रहेका थिए ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*