यसरी भयो प्रदेशको नाम बागमती घोषणा (हेर्नुहोस भिडियो)

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार १९:१६
Featured Video Play Icon

हेटौंडा, २७ पुस । आइतबार प्रदेशसभामा राजधानी र नामकरणका लागि भएको मत परिणाम सँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको बागमती घोषणा गरेका छन् ।

प्रदेशको नाम दुई तिहाई मत भन्दा बढीले घोषित भएको थियो । मतदान प्रक्रियामा सहभागी सबै सांसदले प्रदेशको नाम बागमतीको पक्षमा मतदान गरेका थिए । मतदानमा १ सय ८ सांसद सहभागी थिए ।

बागमतीको पक्षमा सतप्रतिशत मत आएपछि प्रदेश ३ नाम बागमती प्रदेशसभाले पारित गरेको घोषणा सभामुख श्रेष्ठले गरे ।

प्रदेशको नाम बागमती प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशसभामा पेश गरेका थिए ।

बानियाँको प्रस्तावमा नेकपाका मुख्य सेचतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी, राप्रपा संयुक्तकी सांसद रिना गुरुङ समर्थक थिए ।

प्रदेशको नाम बागमतीमा विवेकशील नेपाली दलका रमेश पौड्याल, साझा पार्टीकी सांसद शोभा शाक्यले पनि समर्थन जनाएका थिए ।

हेर्नुहोस् भिडियो –

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*