हेटौंडा स्थायी राजधानी भएपछि चोकचोकमा दीप प्रज्वलन (तस्बिरसहित)

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार १९:५०

हेटौंडा, २७ पुस । प्रदेश नम्बर ३ को राजधानी हेटौंडा कायम भएपछि बजारका विभिन्न स्थानमा खुशियाली मनाउँदै प्रदेशसभा बैठकको निर्णयको स्वागत गरिएको छ ।

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती कायम भएपछि बजारका चोकचोकमा दीप प्रज्वलन गरिएको थियो । हेटौंडाको बुद्धचोक, मानकचोक, उद्योग वाणिज्य संघ चोक, संगमचोक लगायतका मुख्यचोकहरुमा नेपाल र प्रदेशका नक्सा बनाएर दीप प्रज्वलन गरिएको थियो ।

हेटौंडाबासीहरुले प्रदेश ३ को राजधानी घोषित भएपछि नेपालको झण्डा फहराउँदै मोटरसाइकल र्याली निकाएिको थियो । आज आइतबार प्रदेशसभा बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्न मत विभाजन प्रक्रियाबाट टुंग्याएको हो ।

हेटौंडामा रहेका विभिन्न संघसंस्थाले आइतबार साँझ बुद्ध चोकमा निर्णयको स्वागत गर्दै दीप प्रज्वलन गरेका थिए । राजधानी हेटौंडा कायम गर्न सांसदहरुलाई दबाब दिन एकताबद्ध भएका विभिन्न राजनीतिक दलका भातृ संगठन, सामाजिक संघसंस्थाको सहभागितामा दीप प्रज्वलन गर्दै निर्णयको स्वागत गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रमका संयोजनकर्ता तथा राष्ट्रिय युवा संघ मकवानपुरका संयोजक सन्तोष चौलागाईले अस्थायी राजधानी र नामविहिन प्रदेशलाई स्थायी राजधानी र नामाकरण गर्ने सबै सांसदलाई आभार व्यक्त गर्दै बधाई दिए ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*