कमल थापाले दिए मुख्यमन्त्री पौडेल र बानियाँलाई बधाई

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार २०:१५

हेटौंडा, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बधाई दिएका छन् ।

प्रदेश ३ को नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा प्रदेशसभाबाट निर्णय गर्न सफल भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले मुख्यमन्त्री पौडेल र नेता बानियाँलाई बधाई सहित धन्यवाद दिएका हुन् ।

आज आइतबार राष्ट्रिय एकता दिवसको अबसरमा पार्टीद्वारा नेपाल पुलिस क्लबमा आयोजित चियापान समारोह सकिनासाथ अध्यक्ष थापाले मुख्यमन्त्री पौडेल र बानियाँलाई टेलिफोन गरेर बधाईसहित शुभकामना दिएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

थापाले ट्विट मार्फत पनि बधाई दिएका छन् भने अन्य प्रदेशको निमित्त पनि यो निर्णय प्रक्रिया अनुकरणीय हुन सक्ने उल्लेख गरेका छन् ।

उनै थापा जस्ले तत्कालिन नेपाली कांग्रेस नेतृत्वको सरकारबाट हेटौंडालाई अस्थायी राजधानी बनाउन प्रमुख भुमिका खेलेका थिए । तत्कालिन सरकारमा थापा उपप्रधान तथा उर्जा मन्त्री थिए ।

थापाले राप्रपाको भागमा परेको प्रदेश प्रमुख त्यागेर प्रदेशको अस्थायी राजधानी हेटौंडा तोक्न मन्त्रीपरिषद्बाट निर्णय गराएका थिए ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*