हेटौंडाको पक्षमा मत दिँदा चौलागाईं किन भए दुखित ?

तु खबर संवाददाता
२०७६ पुष २८,सोमबार १४:५२

हेटौंडा, २८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद पशुपति चौलागाईंले मतदातासँग क्षमा याचना गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमा लेख्दै हेटौंडाको पक्षमा मतदान गर्दा आफु दुखित भएको बताए ।

आइतबार प्रदेशसभाबाट प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती पारित भएपछि उनले जनतासँग क्षमा मागेका हुन् । आइतबार नेकपा प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव पेश गरेको हेटौंडा राजधानीको पक्षमा मतदान गरेपछि उनले आफ्नो मतदान जनभावना विपरित भएको भन्दै क्षमा मागेका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको चरणमा आवश्यक पर्ने संरचनाहरू निर्माणको अभियानमा जनमत, संविधानको भावना, भूगोल, जनसंख्या, सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनको माध्यमवाट प्राप्त संघीयताको मर्म विपरित आफूले आफ्नै विरुद्ध समेत मतदान गरेको बताए ।

हेर्नुहोस चौलागाईंले सामाजिक सञ्जालमा यस्तो लेखेः

पुष्पलालको नेतृत्वमा स्थापित नेकपाको एउटा समूह जो झापा विद्रोहवाट जन्मेको को के मार्फत सम्पर्क भई माले, एमाले हुँदै आज म नेकपाको केन्द्रीय सदस्य !

मनमोहन अधिकारी, जननेता मदन भण्डारी जस्ता अग्रजले नेतृत्व गरि निर्माण भएको यो विशाल कार्यकर्ताको संलग्नता रहेको पार्टी हजारौंले वलिदानी गरेर सशस्त्र र शान्तिपूर्ण आन्दोलनका अनेक रूपहरूलाई प्रयोग गर्दै यहाँसम्म आईपुग्दा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको चरणमा आवश्यक पर्ने संरचनाहरू निर्माणको यो अभियानमा जनमत, संविधानको भावना, भूगोल, जनसंख्या, शशस्त्र र शान्तिपूर्ण जनआन्दोलनको माध्यमवाट प्राप्त संघीयताको मर्म विपरित आज मैले मेरै विरुद्ध समेत मतदान गरें ।

स्वः मदन भण्डारीको जीवन साथी सम्माननीय राष्ट्रपति, झापा आन्दोलनको एक संस्थापक युग पुरुष प्रधानमन्त्री तथा पार्टी अध्यक्ष र सशस्त्र विद्रोहका नायक पार्टी अध्यक्ष भएको वेलामा समेत मैले जनमतको भावनाको प्रतिनिधित्व गर्न पाईन ।

तत्कालिन मालेको पार्टी सदस्य, एमाले हुँदै ४० वर्षको राजनीतिक यात्रामा अनेकौं गल्ती कमजोरी भए होलान तर जानेर र थाहा पाउँदा पाउँदै गल्ती गरे जस्तो लाग्दैन ।

तर आज मलाई नेकपाको केन्द्रीय सदस्य अहिलेको प्रदेशसभाको सदस्यको नाताले जे निर्णय गर्नु पर्यो आफ्नै काम प्रति दुखित छु ।

काभ्रेमा प्रदेशको राजधानी राख्ने कुरामा मत दिन सकिन । क्षमा चाहान्छु ४० वर्षको यात्रा आफु माथीको पार्टीको लगानी र आन्दोलनमा आफ्नो लगानी यसलाई नकार्न सकिन ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*