काभ्रेका सांसदले प्रदेशसभामा एक्कासी नारायण गोपाल सम्झिएपछि…(हेर्नुहोस् भिडियो )

तु खबर संवाददाता
२०७६ पुष २८,सोमबार १९:०३
Featured Video Play Icon
file-photo

हेटौंडा, २८ पुस । केही दिन अघि बसेको प्रदेशसभा बैठकमा बोल्दै गर्दा काभ्रेबाट निर्वाचित सांसद बसुन्धारा हुमागाईंले एक्कासी स्वर सम्राष्ट नारायण गोपाल सम्झिए ।

राजनीतिक दस्तावेज निर्माण, बसह गर्ने र निर्णय गर्ने स्थानमा काभ्रेका सांसदले नारायण गाोपाल सम्झिए र उनको चर्चित गीत थोरै गाए । उनले प्रदेशसभामा आफ्नो धारणा राख्ने क्रममा नारायण गोपालको बहुचर्चित ‘मुटु माथि ढुंगा राखी हाँस्नु पर्या छ’ गीत सम्झिए ।

संसदमा बोलेर अन्तिममा बिदा माग्नु अघि सांसद हुमागाईंले नारायण गोपालको यो गीत सम्झिएका हुन् । उनी नेकपामा आवद्ध छन् । आफ्नै पार्टीको केन्द्रीय सचिवालयले राजधानी हेटौंडा र नाम बाग्मती राख्ने निर्णय गरेपछि उनले मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ भनेका हुन् ।

सांसद हुमागाईंले राजधानी काभ्रे बनाउने पर्ने अडान लिँदै आएका बेला नेकपा सचिवालयले राजधानी हेटौंडा र नाम बाग्मती राख्ने निर्णय गरेपछि उनले मुटुमाथि ढुंगा राखी हास्नु परेको गीत गाएका हुन् ।

प्रदेशका ८ जिल्ला काभ्रेसँग सिमाना जोडिएको भन्दै उनले प्राकृतिक सौन्दर्यताले पनि काभ्रे राजधानी बनाउँदा उपयुक्त हुने दावी गरिरहेका थिए ।

 

हेर्नुहोस् भिडियो –

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*