हेटौंडा राजधानी हुँदा वडामा पठनपाठन बन्द, घरजग्गा व्यवसायीको बधाई

तु खबर संवाददाता
२०७६ पुष २९,मंगलवार १७:०९

हेटौंडा, २९ पुस । प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएको खुशीयालीमा हेटौंडाको एक विद्यालय बन्द गरिएको छ ।

राजधानी पाएको खुसीमा विद्यालय बन्द गर्नेदेखि घरजग्गा व्यवसायीले जनप्रतिनिधिहरुलाई बधाईसम्म दिएका छन् । हेटौंडा उपमहानगरपालिका ६ नं. वडा कार्यालयले वडाभित्रका सबै विद्यालयमा सोमबार छुट्टी दिएको हो ।

वडा कार्यलयको विदा र घरजग्गा व्यवसायीले दिएको बधाई सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।

सहायक वडा प्रशासकीय प्रमुख इन्दिरा कुमारी न्यौपानेद्वारा जारी सूचनामा हेटौंडा राजधानी र नाम बागमती भएको खुशीयालीमा पुस २८ का दिन वडाभित्रका निजी तथा सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्न भनिएको छ ।

उक्त सूचनामा वडा कार्यालयको छाप भने लगाइएको छैन भने प्रशासकीय प्रमुख न्यौपानेको हस्ताक्षर भने छ ।
हेटौंडाले राजधानी पाएकोमा घरजग्गा व्यवसायी नी खुशी भएको छ ।

खुसीयालीमा उनीहरुले काठमाडौंबाट प्रकाशित हुने दैनिक पत्रिकामा सूचना छापेर बधाई नै दिएका छन् । बधाई सन्देशमा हेटौंडालाई प्रदेशको स्थायी राजधानीमा परिणत गर्न पहल गर्ने सम्पूर्ण स्थानीय तह, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायतप्रति आभार प्रकट गरिएको छ ।

अनलाइन खबरको सहयोगमा

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*