हेटौंडाको क्याम्पाडाँडामा नवलपुरकी अजिता मृत फेला
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/htd.jpg)
हेटौंडा, ४ माघ । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ स्थित क्याम्पाडाँडामा एक जना मृत अवस्थामा फेला परेको छ ।
क्याम्पा डाँडामा हेटौंडा नवलपुर घर भएका अजिता भुजेल आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनी तेस्रो लिङ्गी हुन् । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।