अजिता प्रकरण : घाँटीमा बिजुलीको तार बेरेर हत्या

तु खबर संवाददाता
२०७६ माघ ४,शनिबार ०९:३३

हेटौंडा, ४ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ५ स्थित क्याम्पाडाँडामा आज बिहान मृत अवस्थामा एक जनाको शव फेला परेको छ । हेटौंडा नवलपुरकी अजिता भुजेल मृत अवस्थामा क्याम्पाडाँडामा फेला परेकी हुन् ।

उनको शव बिहान स्थानीयले देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेका थिए ।

घटनास्थलमा पुग्दा अन्दाजी २४/२५ वर्षको जस्तो देखिने उनको शव उत्तानो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, उनको घाटीमा बत्तिको तार बेरिएको थियो जसले गर्दा घाटीमा निलो डाम देखिएको छ । घटनाको प्रकृति हेर्दा अजिताको हत्या भएको हुनसक्ने अनुसन्धान अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनाबारे विस्तृत अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*