अजिता प्रकरण : हेटौंडा अस्पतालले शव पोस्टमार्टम गर्न नमानेपछि काठमाडौं पठाउँदै
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/ajita-bhujel-nawalpur.jpg)
हेटौंडा, ४ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ५ स्थित क्याम्पाडाँडामा आज बिहान मृत अवस्थामा फेला परकी अजिता भुजेलको शव हेटौंडा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि काठमाडौं पठाउने भएको छ ।
भुजेलको शव पोस्टपार्टम गर्नको लागि हेटौंडा अस्पतालमा पर्याप्त उपकरण नभएको कारणले काठमाडौंस्थित टिचिङ अस्पतालमा पठाउने भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा अस्पतालले अजिताको शवको पोष्टमार्टम गर्न नमानेको बताइएको छ । अस्पतालले यसअघि पनि विभिन्न व्यक्तिहरुको शव पोष्टमार्टम गर्न मानेको थिएन ।
हेटौंडा नवलपुरकी अजिता शनिबार बिहान घाँटीमा बत्तिको तार बेरिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
घटनाबारे विस्तृत अनुसन्धान भइहरेको मकवानपुर प्रहरीले जनाएको छ ।