अपडेट– अजिताको शव क्याम्पाडाँडामा, स्कुटर थानाभर्याङमा
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/ajita-bhujel-nawalpur.jpg)
हेटौंडा, ४ माघ । हेटौंडा–५ स्थित क्याम्पाडाँडामा आज शनिवार बिहान मृत अवस्थामा फेला परकी अजिता भुजेलले चढ्ने स्कुटर थानाभर्याङमा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार उनले चढ्दै आएको ना ५३ प २७३४ नम्बरको स्कुटर थानाभर्याङमा भेटिएको हो ।
थानाभर्याङमा स्कुटर भेटिएपछि अजिता कसरी क्याम्पाडाँडा पुगिन् वा पुर्याइयो भन्ने बारे प्रहरीले विस्तृत अध्ययन गरिरहेको छ ।
यो पनि पढ्नुहोस् ।
- हेटौंडाको क्याम्पाडाँडामा नवलपुरकी अजिता मृत फेला
- अजिता प्रकरण : घाँटीमा बिजुलीको तार बेरेर हत्या
- अजिता प्रकरण : हेटौंडा अस्पतालले शव पोस्टमार्टम गर्न नमानेपछि काठमाडौं पठाउँदै