हेटौंडाको हर्नामाडीमा भेटियो महिलाको शव
![](https://www.tukhabar.com/wp-content/uploads/2018/10/rip-1.png)
हेटौंडा, ५ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८, हर्नामाडी जयतारस्थित एक महिलाको शव फेला परेको छ ।
आज बिहान स्थानीय अन्दाजी २२ वर्षीया महिला मिना अधिकारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।
उनका अनुसार, मिनाको शव घर नजिकैको आलिमा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
मिनाको हत्या गरेको आशंकामा प्रहरी उनका श्रीमान एकराज अधिकारीलाई नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।