भीमफेदीमा दुर्घटना भनिएको घटना शंकास्पद, हत्याको आशंका
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
हेटौंडा, ६ माघ । मकवानपुरको भीमफेदी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको भनिएको घटना शंकास्पद बनेको छ । प्रहरीले नै घटना शंकास्पद रहेको भन्दै अनुसन्धान अघि बढाएको छ ।
हिजो आइतबार सडक भन्दा ५–६ मिटर तल ना ५२ प ४६१६ नम्बरको मोटरसाइकल रुखमा अड्किएकोे अवस्थामा भेटिएको थियो । उक्त घट्नामा पर्साको पर्साैनी गाविस वडा ८ का ३५ वर्षीय अनिरुद्र प्रसाद चौहानको ज्यान गएको थियो ।
मकवानपुर प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले दुर्घटना भनिएको घट्ना शंकास्पद भएको बताए । उनले तु खबरसँग कुरा गर्दै चौहानको शरिरमा लागेको घाउचोटको आधारमा हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे । उनका अनुसार प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान जारी राखेको छ ।
मकवानपुर प्रहरीले नै चौहानले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिएको थियो । घटनास्थल हेर्दै दुर्घटना भनिए पनि शंकास्पद भएपछि अनुसनधानको सुई प्रहरीले घुमाएको छ ।
घटनास्थलका प्रत्यक्षदर्शीका अनुसार सडकमा देखिएका रगतका टाटाहरु माटोले छोपिएको अवस्थामा थियो ।