मकवानपुरको पानोरमा रिसोर्टमा बसेका ७ जना बेहोस अवस्थामा

तु खबर संवाददाता
२०७६ माघ ७,मंगलवार ११:२०

हेटौंडा, ७ माघ । थाहा नगरपालिकामा रहेको होटल पानोरमा रिसोर्टमा बास बसेका आठै जना बेहोस अवस्थामा भेटिएका छन् । एक जना भारतीय नागरिकको मृत्यु भएको स्रोतले बताएको छ ।

बेहोस अवस्थामा रहेको बाँकी ७ जनालाई हेलिकप्टरबाट काठमडौंको ह्याम्पस अस्पताल लगिएको छ । थाहा नगरका नगर प्रमुख लवशेर विष्टले दिएको जानकारी अनुसार ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

भारतबाट नेपाल घुम्न आएका १५ जना मध्ये ८ जना कोठा नम्बर १०१ मा बसेका थिए । बिहान ती सबै बेहोस अवस्थामा भेटिएका थिए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*