दामनको रिसोर्टमा मृत्यु भएका मध्ये चार बालबालिका

तु खबर संवाददाता
२०७६ माघ ७,मंगलवार १२:५१

हेटौंडा, ७ माघ । दामनस्थित पानारोमा रिसोर्टमा बास बसेका १५ जना मध्ये ८ जना भारतीय नागरिकको मुत्यु भएको छ । नेपाल घुम्न आएका उनीहरु गएराती पानारोमा रिसोर्टमा बास बसेका थिए ।

मृत्यु भएका ८ जना मध्ये ४ जना बालबालिका रहेका छन् । मृत्यु हुनेमा ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीया बन्द्रा रहेका छन् ।

रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा ८ जना सुतेका भारतीय नागरिक आज बिहान बेहोस अवस्थामा भेटिएका थिए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*