‘रातभर हिटर बाल्दा’ दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/Everest-panaroma.jpeg)
हेटौंडा, ७ माघ । चिसो कोठालाई तताउन रातभर हिटर बालेर सुतेपछि मकवानपुरमा आज मंगलबार ८ जना भारतीय पर्यटककको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भारतको केरलाबाट नेपाल घुम्न आएका १५ भारतीय पर्यटक मध्ये ८ जनाको मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा मृत्यु भएको हो । भारतीय पर्यटकको टोली पोखरा हुँदै सोमबार बा ३ क ३६८८ नम्बरको बसमा दामन पुगेका थिए ।
उनीहरुले रिसोर्टमा ४ वटा कोठा लिएका थिए । ८ जना रिसोर्टको १११ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा ८ जना सुतेका भारतीय नागरिक आज बिहान साढे ९ बजे बेहोस अवस्थामा भेटिएका थिए ।
मकवानपुर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रातभर हिटर बालेर सुतेको कारण ८ भारतीय बेहोस भएको खुल्न आएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।
बेहोस अवस्थामा रहेका भारतीय नागरिकलाई हेलिकप्टरबाट काठमडौंको ह्याम्पस अस्पताल लगिएको थियो । अस्पतालका डाक्टरले आज १२ बजे मृत घोषणा गरे । मृत्यु हुनेमा ४ जना बालबालिका छन् ।
यो पनि पढ्नुहोस्
- मकवानपुरको पानोरमा रिसोर्टमा बसेका ७ जना बेहोस अवस्थामा
- पानोरमा रिसोर्टमा एक भारतीय मृत फेला
- दामनको रिसोर्टमा मृत्यु भएका मध्ये चार बालबालिका
- दामनमा ८ जना भारतीयको मृत्यु भएको प्रहरीको पुष्टी, हेर्नुहोस् नामावली
- मकवानपुरको रिसोर्टमा बास बसेका ८ जना भारतीय पर्यटकको मृत्यु